आर्मी र सशस्त्रलाई दोस्रो टाईगर कप भलिबल उपाधि
लिगचरणमा हार व्यहोरेको नेपाल आर्मीले हेल्प नेपाललाई फाईनलमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि जित्न सफल भएको छ। शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको फाईनलमा टिपटप हेल्प नेपाललाई ३–१ सेटमा पराजित गर्दै आर्मीले पुरुष तर्फको उपाधि उचाल्यो। उता महिला तर्फ भने आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरी बलले उपाधि रक्षा गरेको छ ।