६ वैशाख २०८१ बिहीबार

सबै पत्रकारलाई कोरोना खोप व्यवस्था गर्न माग

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो कखोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो।

जी–७ ले १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई दिने

जी–७ समूहका नेताले अर्काे वर्षसम्म १ अर्ब डोज कोरोना खोप गरिब राष्ट्रलाई उपलब्ध गराउने घोषणा गरेका छन्।

कोरोना खोपमा लगानी गर्दा सर्वाधिक प्रतिफल

विश्वव्यापी खोप अभियानले धनी राष्ट्रलाई झन् धेरै फाइदा हुनेछ किनकि उनीहरूले अतिरिक्त १ खर्ब डलर आयकरमार्फत आम्दानी गर्नेछन्।

ताप्लेजुङमा बुधवारबाट कोरोना बिरुद्धको खोप सुरु

मंगलबार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय लिएको हो।

गोरखामा कोरोना खोप थोरै आएपछि स्थानीय तहले अभियान सुरु गर्न सकेनन्

गोरखामा कोरोना खोप थोरै आएपछि अधिकासं स्थानीय तहले मंगलवारबाट खोप लगाउने कार्यक्रम सुरु गरेनन् । शहीदलखन गाउँपालिका बाहेकका पालिकामा मंगलवारदेखि पहिलो मात्रा खोप अभियान संचालन गर्न नसकिएको स्थानीय तहको स्वास्थ्य शाखाका प्रमुखहरुले बताएका छन्।

स्वास्थ्य कर्यालयमै थन्कियो कोरोना खोप

स्वास्थ्य कार्यालय गोरखामा छ सय ८० जनालाई लगाउन पुग्ने कोभिशिल्ड खोपको दोस्रो मात्रा छ। खोप सुरु भएको पहिलो अभियानमा दोस्रो मात्रा लगाउन छुटेकाहरुको संख्या पाँच सय ४८ छ। तर जिल्ला खोप समन्वय समितिले मौजाद रहेको खोप नलगाउँदा लामो समयदेखि कार्यालयमै थन्किएको छ।

निजी क्षेत्रलाई खोप आयातको अनुमति दिन माग

मंगलबार विज्ञप्ति प्रकाशित गरी उद्योग संगठन मोरङले सरकारले समयमै खोप आयात गर्न नसकेका कारण उद्योगधन्दा पूर्ण रुपले सञ्चालन गर्न समस्या भएकाले कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई पनि आयात गर्ने अनुमति दिन सरकारसँग माग गरेको हो।

कोरोना खोपको दुरुपयोग गरिएको आरोप

प्रदेश १ का मुख्यमन्त्री, मन्त्री र उच्च ओहोदाका अधिकारीहरूले कोरोनाको खोप पहुँचवालालाई मात्रै लगाएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

कोरोना खोप लगाउनु अघि र लगाइसकेपछि यी कुरामा ध्यान दिनुहोस्

कोरानाविरुद्धको खोप लगाउन जति आवश्यक छ त्यति नै आवश्यक खोप लगाउनुअघि, खोप लगाउँदा र खोप लगाएपछि के कस्ता कुरामा ध्यान दिने भन्ने विषयमा युनिसेफले यसबारे सल्लाह दिएको छ।

अपेक्षित समयमा कोभ्याक्सको खोप नआउने

भारतले कोरोना खोप निर्यातलाई बन्देज लगाएपछि अपेक्षा गरिएको मितिमा कोभ्याक्स खोप नेपालले नपाउने देखिएको छ। यसबाट पहिलो डोज लगाएका अधिकांशले समयमै दोस्रो डोज पाउन सक्दैनन् कि भन्ने चिन्ता बढेको छ। माघ १४ देखि सुरु अभियानअन्तर्गत नेपालका भण्डै १८ लाखले खोपको पहिलो डोज लगाएका छन्।

खोप खरिद गर्न आठ अर्बभन्दा बढी सहयोग प्राप्त हुँदै

७० प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

कोरोना खोप अभियान स्थगित

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियान हाललाई स्थगित गरेको छ। खरिद गरिएको १० लाख खोपसँगै थप खोप नआएपछि केही समयका लागि कार्यक्रम स्थगित गरेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

कोरोना खोपको दोस्रो डोज पुग्ला त ?

सरकारी अधिकारीले भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरेको खोपको दोस्रो खेप सोमबारसम्म आउने बताए पनि खोप निर्माता कम्पनीले खोप नेपाल पठाएन। कम्पनीले अब कहिले आपूर्ति गर्छ भन्ने कुनै सुनिश्चतता नभएको देखिएको छ। सरकारले सेरमसँग खोप खरिद गरेको २० लाख मध्ये १० लाख खोप डोज उक्त कम्पनीले उपलब्ध गराएको थियो भने दोस्रो खोप मार्च १५ सम्म नेपाल आउन सक्ने सरकारी अधिकारीले आशा व्यक्त गरेका थिए।

‘खोप किन्दा कमिसन दिन्नौं’

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

कोरोना खोप लगाएपछि मास्क लगाउनु कति आवश्यक?

वैज्ञानिक आधार अनुसार कुनै खोपले १०० प्रतिशत जोखिमलाई समेट्दैन। तर खोपले भाइरसबाट संक्रमणको जोखिम बिस्तारै घट्दै जान्छ। त्यसकारण खोप लगाउनेहरूमा कोरोना संक्रमणको जोखिम कम हुन्छ र यस प्रकारका मानिसहरूलाई वैज्ञानिक आधारमा मास्क लगाउनबाट छुट दिइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्