विप्लव माओवादीका प्रवक्तालाई चन्दा मुद्दा, ७ करोड असुलेको दाबी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि प्रहरीले चन्दा असुली ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। ४९ वर्षीय विश्वकर्मा मंगलबार साँझ दक्षिणकाली १ चाल्नाखेलबाट पक्राउ परेका थिए।