११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

पत्रकारलाई एप्रोन र मास्क

खोटाङका प्रेस संगठन आवद्ध पत्रकारलाई प्रेसको एप्रोन र मास्क प्रदान गरिएको छ । कोरोना भाइरसको महामारीकाक्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका प्रेस संगठनमा आवद्ध ३० जना पत्रकारलाई लोगो सहित प्रेस लेखिएको एप्रोन र केएन नाइन्टिन मास्क प्रदान गरिएको हो ।

स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा खुला गर्ने

कोरोनाभाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सिमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ।

एउटै स्थानीय तहमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि

दैलेखको एक स्थानीय तहमा एकै दिन ७२ जनामा कोरोना भाइरस संक्रमणको पृष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा नारायण नगरपालिकामा मात्रै ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बिहीबार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ भएसंगै कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।

खोटाङका कोरोना संक्रमित युवा डिस्चार्ज

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा जिपेन्द्र राई डिस्चार्ज भएका छन् ।

कपिलवस्तुमा थप १७ जना कोरोना संक्रमित

कपिलवस्तुमा कोभिड-१९ थप १७ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४ सय ३१ पुगेको छ । बिहीवार दिउँसो १२ जना संक्रमित थपिएकोमा साँझ थप १७ जनामा कोरोना देखिएको हो । साँझ देखिएको १७ जना सबै संक्रमित कृष्णगनर नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पूर्वसञ्चारमन्त्री बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीको बिमा

नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको कोरोना स्वास्थ्य बिमा गरिएको छ । कोरोना भाइरस नियन्त्रणमा अग्रपंक्तीमा रहेका काम गर्ने स्वास्थ्य कार्यालय अन्तर्गतका सबै ६ सय १३ स्वास्थ्यकर्मीको एक लाख रुपैयाँको बिमा गरिएको हो ।

उदयपुरका पत्रकारसहित ४ जना कोरोना जितेर घर फर्के

कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ३ जनाको पछिल्लो दुईपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

कोरोना नियन्त्रण गर्न जुम्लामा ‘मेडिकल मार्च’

कोरोना भाइरस नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जुम्लामा ‘मेडिकल मार्च’ सुरु गरेको छ । यहाँका एक नगरपालिकासहित सात वटा गाउँपालिकामा विशेषज्ञ चिकित्सक खटाएर ‘मेडिकल मार्च’सञ्चालन गरेको हो ।

कोरोनालाई केन्द्रमा राखेर बजेट बनाउन स्थानीय तहलाई सकारको निर्देशन

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम, नियन्त्रण र यसबाट उपन्न हुने परिस्थितीलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ।

कोरोना बीमा स्थगित

कोभिड–१९ विरुद्ध सूरु भएको कोरोना बीमा स्थगित हुने भएको छ। गत वैशाख ७ गतेदेखी औपचारिक रुपमा सूरु गरिएको कोरोना बीमा गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नयाँ रणनीति अपनाउन केहीदिनको लागि स्थगित गर्ने निर्णयमा पुगेको बीमा समितिले जनाएको छ।

कोरोना भाइरस : के अब मानिसको जीवनशैली फेरिएला ?

पछिल्ला केही महिनाहरुमा दुनिया बदलिएको छ। मानिस जीवनयापनको शैली फेर्न बाध्य भएको छ। के अब सँधै यस्तै होला त ? लकडाउन पछि दैनिक काम सुरु हुने छ। कोरोनाको कुनै औषधी पत्ता नलाग्दासम्म मानिसको जीवनशैली फेरिने निश्चत नै छ। विश्वको जुनसुकै कुनामा किन नहोस् यसको असर परिरहेको छ।

प्रदेश २ मा संक्रमितको संख्या ९ सय ६१ पुग्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ सय ६१ पुगेको छ। बिहिबार दिउँसो थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या ९ सय ६१ पुगेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका प्रवतmा विजय झाले जानकारी दिए।

थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या १० पुग्यो

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाल्पालका ४५ वर्षिया पुरुषको मृत्यु भएको हो। भारतबाट आएका ति व्यक्ति स्थानीय क्वारेन्टिनमा थिए। स्वास्प्रस्वासमा समस्या भएपछि उनलाई पाल्पा मिसन अस्पताल ल्याइएको थियो। त्यहाँ नै उनको जेठ २० गते मृत्यु भएको देवकोटाले बताए। मृतक व्यक्ति पाल्पाको पूर्वखोला गाउँपालिका सिलुवाका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्