११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो, थप एकको मृत्यु

पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ। जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन्। यस्तै सुर्खेतमा एकजनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ पुगेको छ।

रसुवागढी नाका खोल्न प्रक्रिया अघि बढ्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी खुलाउनका लागि वाणिज्य मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द गरिएको नाका खुलाउनका लागि वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पहल थालेको हो ।

सिन्धुपाल्चोकका स्वास्थ्यकर्मीको बीमा

नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको अगुवाईमा सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीको कोरोना स्वास्थ्य बीमा गरिएको छ ।

पोखराका होटलमा क्वारेन्टिन खर्च : एक्लैको ४२ हजार, साथीसँग बस्दा २८ हजार

कामका लागि विभिन्न मुलुक पुगेका नेपाली नागरिकको कोरोना भाइरस संक्रमणका कारण स्वदेश फिर्ता सुरु भईसकेको छ । स्वदेश फर्किएका ती नागरिकलाई विभिन्न ठाउँका होटलमा क्वारेन्टिन बनाएर राख्ने तयारी छ । क्वारेन्टिनको रुपमा होटलमा बस्दाको खर्च व्यक्ति आफैले बेहोर्नुपर्नेछ । होटलमा बस्दाको खर्च व्यक्ति आफैले बेहोर्नुपर्दा उनीहरुमा झनै बढी आर्थिक भार थपिने निश्चित भएको छ ।

कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थपिए

कपिलवस्तुमा कोभिड १९ थप ४४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार महराजगंज नगरपालिका १५ र यशोधरा गाउपालिमा २९ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यायलले जनाएको छ ।

इन्डोनेसियाका मस्जिदहरुमा प्रार्थना गर्न छुट, विश्वभर जनजीवन सहज बन्दै

इन्डोनेसियाको राजधानी जकार्तामा मुस्लिम समुदायले नौ हप्तापछि पहिलो पटक मस्जिदहरुमा सामूहिक प्रार्थना गरेका छन्। कोरोनाभाइरसका कारण बन्द गरिएका मस्जिदहरु पुनः खुला गरिएको हो।

पाकिस्तानमा कोरोना भाइरसबाट ८५ हजार संक्रमित

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ।

कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ९३ हजार भन्दा बढीको मृत्यु, ६७ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९३ हजार २६४ पुगेको छ भने, संक्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

ब्राजिलमा कोरोना संकट, ३४ हजारको मृत्यु

कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ ।

संक्रमण बढ्नुको कारक क्वारेन्टिनको बसाइ

झापाको कचनकवल गाउँपालिकाले सरकारले निर्णय गर्नुअघि नै सीमाबाट नेपाली नागरिक ल्याउन थाल्यो। अलपत्र नेपालीलाई सीमाबाट सीधै क्वारेन्टिनमा लगियो। भारतको मुम्बई, दिल्लीबाट आएका धेरैजसो स्थानीयलाई जसोतसो विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा लगेर राखियो।

संक्रमणमा चुकेको सरकार

कोरोना भाइरस महामारी नियन्त्रण, उपचार तथा रोकथामका निम्ति सरकारले १० अर्ब खर्च गरिसकेको छ। अझ प्रदेश र स्थानीय तहबाट भएको खर्च विवरण अझै आइनसकेका कारण खर्चको कुल अंक अरू बढ्ने देखिएको छ।

आइसोलेसन अभावमा क्वारेन्टिनमै संक्रमित

आइसोलेसन अभाव भएपछि सर्लाहीमा कोरोना भाइरस पोजेटिभ देखिएका संक्रमितलाई समेत क्वारेन्टिनमै राखिएको छ। आइसोलेसनमा शड्ढया अभाव भएपछि गत आइतबारदेखि जिल्लामा थपिएका ८३ जना संक्रमितलाई सम्बन्धित पालिकाका क्वारेन्टिन स्थलमै राखिएको हो।

आरडिटी गराउँदै घर पठाउँदै

घोराही उपमहानगरपालिका–७ का भीमबहादुर भण्डारी (नाम परिवर्तन) दुई साताअघि भारतबाट दाङ आए। क्वारेन्टिनमा बस्नैपर्ने सत रहेकाले उनी आफ्नै वडास्थित मावि सौंडियारमा सञ्चालित क्वारेन्टिनमा पुगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्