११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जापानले लकडाउन बिना कोरोना महामारीलाई कसरी जित्यो ?

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै जाँदा देशहरूले संक्रमणबाट बच्न लकडाउन र धेरै परीक्षणमा जोड दिए। यद्यपि सबै देशहरूमा संक्रमण कम भएको देखिँदैन।

लकडाउनको ७५ औं दिन : उपत्यकामा सवारी चाप बढ्याे

सरकारले जारी गरेको लकडाउनको आज ७५औं दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।

कोरोना नियन्त्रण जटिल

संक्रमितको संख्या बढेसँगै स्वास्थ्यकर्मी अभावले चुनौती थपेको छ। जनशक्ति पूर्ति गर्न जिल्ला अस्पतालले विज्ञापन निकाल्दा पनि पदपूर्ति हुन सकेको छैन।

कास्कीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

कास्कीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कास्कीको रुपा गाउँपालिकामा दई जनामा कोरोना देखिएको हो।

कोरोना ‘हटस्पट’मा खुसी छाउँदै

नरैनापुर भन्नेबित्तिकै धेरैजसोले सहजै अनुमान गर्छन्– बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सूचीमा नरैनापुर अगाडि छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक विपत्को सामना गर्नुपर्छ । बाढी, आगलागी जस्ता विपत्सँग हरेक वर्ष नरैनापुरवासीले जुध्नुपर्छ ।

‘औषधि सेवन नै नगरी कोरोना निको भयो’

सुरुमा आफूलाई कोरोना संक्रमण भएको जानकारी पाउँदा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गिपेन्द्र राईलाई सपनाझैं लागेको थियो । कोरोना संक्रमण भएको पुष्टि भएको भन्दै स्वास्थ्यकर्मी र प्रहरीको टोली घर सिल गर्न आइपुग्दा मात्र उनी झसंग भए । सोच्दै नसोचेको खबर पाउँदा गिपेन्द्रको दिमागले केहीबेर कामै गरेन ।

थप १६ जनामा संक्रमितमध्ये १५ जना भारतबाट आएका

सुनसरीमा शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हरिनगर क्वारेन्टिनमा बसेका १२ जना पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो । यस्तै, बर्जु गाउँपालिकाको क्वारेन्टिनमा रहेका तीन जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय इनरुवाले जनायो । ‘हरिनगर र बर्जुमा कोरोना संक्रमित सबै भारतबाट आएका हुन,’ जनस्वास्थ्य कार्यालय पब्लिक हेल्थकी सिर्जना लिङ्थेपले भनिन् ।

कोरोना संक्रमित तीन जना अस्पताल भर्ना

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१/२१ वर्षका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय एक पुरुषलाई शुक्रबार कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको हो ।

तीन जना कोरोना संक्रमित भारतबाट आएका

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन जना कोरोना संक्रमित भारतबाट आएका खुलेको छ । रोजगारी खोज्दै भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउन भएपछि गाउँ फर्किएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१/२१ वर्षका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको ट्राभल हिस्ट्री अध्ययन सुरु गरिएको छ ।

प्रधानमन्त्री ओलीद्वारा कोरोना नियन्त्रणबारे स्थानीय तहसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा स्थानीय तहका सङ्घसङ्गठन तथा पदाधिकारीसँग छलफल गरेका छन्।

कोरोना नियन्त्रणमा शान्ति मिसनका नेपाली सैन्य चिकित्सकको भूमिका प्रशंसनीय

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सैनिक चिकित्सकहरुले कंगो, सुडान र सिरियामा कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

कोरोनाको ‘हटस्पट’मा खुसीयाली छाउँदै

नरैनापुर भन्ने बित्तिकै अधिकाशले सहजै अनुमान गर्छन बाँकेको दुर्गम क्षेत्र । बाँकेमा विकासले छुन नसकेको गाउँपालिकाको सुचिमा नरैनापुर अगाडी छ । जहाँ हरेक वर्ष जनताले प्राकृतिक प्रकोपको सामना गर्नुपर्छ ।

कोरोना केन्द्र बन्दै दैलेख: प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउँदै घर पठाउँदै

कर्णालीमा कोरोना पुष्टि भएका चार सय ७४ जना मध्ये तीन सय ७ जना दैलेख जिल्लाका हुन्।

भोजपुरमा पाँच जनामा कोरोना पुष्टि

भोजपुरमा भारतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिकाका ८ र १२ नम्बर वडाका १७, १९, २९ , ३० र ३२ वर्ष उमेरका ५ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

फेरी सुरु भयो कोरोना बीमा, अब सरकारले पनि दावी भुक्तानी गर्ने

कोरोना बीमा स्थगित भएको २४ घण्टा नवित्दै पूनः सुरु भएको छ। बीमा समितीले आज एक सूचना प्रकाशित गरी कोरोना बीमा सूचारु गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्