११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल टिम च्याम्पियन

दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ। राजस्थानको जयपुरमा सम्पन्न प्रतियोगितामा १२ स्वर्णसहित १६ पदक जित्दै नेपाल टिम च्याम्पियन बनेको हो।

रत्नराज्य र पाटन क्वार्टरफाइनलमा

रत्नराज्य क्याम्पस र पाटन क्याम्पस बुधबार राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

रग्बीमा बंगलादेशसँग पराजित

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी शृंखलाअन्तर्गतको पहिलो खेलमा मंगलबार नेपाली राष्ट्रिय पुरुष रग्बी टोली बंगलादेशसँग २०–० ले पराजित भएको छ।

अरहन्त, अमृत, दीपक र अमिर सेमिफाइनलमा

अरहन्त सिंह, अमृत थापामगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिता अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन्।

लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।

नेपालको अर्काे पराजय

नेपालले आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ।

एन्जल्स हर्ट सेमिफाइनलमा

एन्जल्स हर्टको दुवै टोली सोमबार पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बन्द प्रशिक्षण बुधबारदेखि

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो चरणको बन्द प्रशिक्षण बुधबारबाट सुरु गर्ने भएको छ।

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता

पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता आयोजना गरियो। कास्की जिल्ला जिमन्याष्टिक संघको आयोजनामा प्रथम गण्डकी प्रदेशस्तरीय जिमन्याष्टिक महिला तथा पुरुष प्रतियोगितामा महिला तथा तर्फ सीताकुमारी खड्का र पुरुष तर्फ रोशन पुन च्याम्पियन बनेका छन्।

खुला दौडको उपाधि मिजारलाई

गणतन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजना भएको ६ किलोमिटर खुला दौड प्रतियोगिताको उपाधि हेटौंडा १४ का सञ्जीव मिजारले जितेका छन्।

बोधित र वियंका प्रथम

सुनसरीका बोधित डिसी र एपिएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।

पीडितलाई न्याय

पीडितले न्याय पाउने प्रक्रिया टाढिँदै गयो भने स्वाभाविक रूपमा त्यसले समाजमा दण्डहीनता मात्र बढाउँदैन, खराब काम गर्नेले अझ प्रोत्साहित हुने मौका पाउँछ। सकेसम्म यस्ता घटना नहुने र भइहाले पनि सजिलै कानुनको दायरामा आउन सक्ने परिपाटी मुलुकमा विकास गर्नुपर्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्