११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला

जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन्।

नवौं राष्ट्रिय खेलकुदः पूर्वाधार स्तरोन्नति गर्न सात करोड माग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल व्यवस्थापन उपसमितिले कास्की, तनहुँ र स्याङजाका खेल पूर्वाधार अवलोकन गरेर आवश्यक सिफारिस गरेको छ। समितिले प्रतियोगिता स्थल र अभ्यासस्थलको रुपमा जिल्लाका पूर्वाधार अवलोकन गरेर त्यसै अनुसार राष्ट्रिय खेलकुद परिषदमा सिफारिस गरेको हो।

विश्वकप क्यारेम खेल प्रतियोगिताका लागि राष्ट्रिय खेलाडीहरु छनोट

अल नेपाल क्यारेम एसोसिएशनले राष्ट्रिय खेलाडीहरु छनोट गर्ने क्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिषेश ढकाल द्वितीय, करण मगर तृतीय र कबिन सुनुवारलाई सान्त्वना पुस्कस्कार प्रदान गरिएको थियो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः एथ्लेटिक्सका खेलाडी ट्रयाकमा प्रशिक्षणबाट बञ्चित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान व्यवस्थापन समितिलाई खेल मैदान खोज्नै हम्मेहम्मे परेको छ। प्रतियोगिताका लागि मैदान खोज्दै भौतारिनुपर्ने अवस्था छ। राष्ट्रिय खेलकुद परिषदले लगानी गरेको मैदान अवलोकन गर्दै कुन खेल कहाँ खेलाउँदा उपयुक्त हुन्छ भन्ने ध्येय सहित अवलोकनमा टिम केन्द्रित छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सहारा एकेडेमी मैदान रग्बीको लागि निरीक्षण

‘सहारा एकेडेमीको खेल मैदानमा रग्बी खेलाउने प्राथमिकतमा राखेका छौं।’ खेल व्यवस्थापन समितिका संयोजक गुरुङले भन, ‘रग्बीसँगै महिला हक्कीको लागि समेत मैदान उपयुक्त देखिन्छ।’

जिम्न्यास्टिकलाई खेल सामग्रीकै अभाव

राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिम्न्यास्टिकलाई भने सामग्री जुटाउनै सकस परेको छ।

नवौं राष्ट्रिय खेलकुद: सुटिङ, रग्बी, हक्की र पौडीलाई खेल्ने ठाउँ नै छैन

‘पोखरा रंगशालाको फुटबल मैदानमा उदघाटन र समापन गर्ने योजना छ। ’कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले भने, ‘खेलहरु भने कहाँ खेलाउने भन्ने समस्या छ।’

१२औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड सुरु

युवा प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १२औं मंगलबारदेखि राजधानीमा सुरु भएको छ

थ्री बाइ थ्री बास्केटबल बिहीबारदेखि

एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

दुई दिनअघि बितेकी हजुरआमालाई जित समर्पण

विश्वको छैटौं वरीयता प्राप्त कारोलिना प्लिसकोभासँग बोल्टरले पहिलो सेट ६–३ ले सहजै गुमाइन्। तर, उनले दोस्रो सेट ७–६ (७–४) र तेस्रो सेट ६–४ ले आफ्नो बनाउँदै विश्वको शीर्ष १० भित्र रहेकी प्लिसकोभालाई स्तब्ध बनाइन्।

प्रहरी स्कुललाई रग्बीको दुई उपाधि

नेपाल प्रहरी स्कुल (एनपिएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ। प्रहरीको दुवै ब्वाइज/गर्ल्स टोली उपाधि चुम्न सफल भयो।

विश्वकपका १८ लाख टिकट बिक्री

कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ।

सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन: प्रवीन र रोजी भए च्याम्पियन

सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रवीन लिङ्थेप र रोजी पाण्डेले जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्