१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

महाधिवेशनको रौनकले नेता–कार्यकर्तामा उमंग

शुक्रबार बिहान झिसमिसेदेखि एमालेका नेताकार्यकर्ता महाधिवेशन उद्घाटनस्थल वरपर भेला हुने, फोटो खिच्ने नाचगान गर्ने गरेका थिए। जसले गर्दा दिनभरजसो चितवन एमालेमय बन्यो।

चुनावमा एमालेले बहुमत ल्याउँछ:ओली

‘हामीले जनताबीच जाने बाटो चाहेका थियौं, त्यसलाई रोकेर परमादेश ल्याइयो’, ओलीले भने, ‘एमालेका लागि होइन,यो देशको रक्षाका लागि पनि एमालेले अब हुने चुनावमा बहुमत ल्याउनुपर्छ, ल्याउँछ।’

जंगे पिलर छेउमै उभिएर केन्द्रीय सदस्य घोषणा

आफूले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भिजन सहितको मिसन बोकेर पार्टीलाई ‘स्मार्ट कांग्रेस’ बनाउन नेतृत्वको अभियान चाल्ने उनले बताए।

एमालेका लागि हैन, देशका लागि बहुमत चाहिएको छः ओली

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनलाई सम्बोधन गर्दैै उनले एमालेका लागि एकल बहुमतको जरुरी रहेको बताएका हुन्।

एमाले देशको सबैभन्दा ठूलो पार्टी होः कमल थापा

उनले महाधिवेशनमा आएका प्रतिनिधिहरुले दिगो शान्तिको लक्ष्यबारे गम्भीर भएर सोच्न पनि आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवा चितवनमा

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आइपुगेका हुन्।

एमाले महाधिवेशनः सांस्कृतिक प्रस्तुति जारी

विभिन्न ठाउँबाट झाँकी र र्‍यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ। पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्।

एमाले महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।

चितवनमा कांग्रेसकाे जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगन भएको छ। एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका कारण अधिवेशन स्थगन भएको कांग्रेसले जनाएको छ।

एमाले महाधिवेशनः स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ।

मोही माग्ने ढुंग्रो लुकाउनेः रूपान्तरणको संघारमा एमाले

ओली कार्यकालमा कमजोरी हुँदै नभएको भने होइन। उनले विश्वास गरेका घेरावालले गरेको ‘एब्युज’बारे पत्तो पाउन सकेनन्। त्यो थाहा पाउन सकेको भए ठुल्ठुला राजनीतिक दुर्घटना त्यतिबेलै रोकिन सक्थे। सरकारको समय पनि झिनामसिना विषयमा खेर जाँदैनथ्यो। आफ्नैहरूले गरेको घेराबन्दीका कारण जनताको अभिमत र पहुँचसम्म उनी पुग्न सकेनन्।

यसरी हुँदैछ आज महाधिवेशन उद्घाटन

महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ।

एमालेमा सर्वसम्मत असम्भवः पदाधिकारी र केन्द्रीय सदस्यका लागि ओलीको सूचीमा पर्न नेताहरूको कसरत

प्रदेश र जिल्लाको नेतृत्वमा बसेर काम गरेका, सम्पर्क समन्वय कमिटी, प्रवास र जनसंगठनमा काम गरेका पदाधिकारी तहका नेताहरू, केन्द्रीय सदस्य नरहेका संघ र प्रदेशका सांसदसहित करिब ६ सय आसपास नयाँ आकांक्षीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेछन् ।

काँग्रेसको क्षेत्रीय सभापतिमा क्रमशः खगेन्द्र र रामकुमार

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि मंगलबार सम्पन्न संघीय निर्वाचन क्षेत्रीयस्तरको चुनावमा दुवै क्षेत्रमा संस्थापन पक्षीय खेमाले प्यानलै जितेको छ। निर्वाचन क्षेत्र १ मा खगेन्द्र राई र २ मा रामकुमार राईले प्यानलसहित सभापति जितेका छन्।

प्रदेश १ बाट एमाले महाधिवेशनमा ४ सय ५० बस सौराहा प्रस्थान

नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनका लागि ४ सय ५० बस सौराहा प्रस्थान गरेका छन्। प्रदेश १ बाट २५ हजार नेता कार्यकर्ता ओसार्न उक्त बस प्रयोग गरिएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्