coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

भागबन्डा नमिल्दा बन्दसत्र अड्कियो

काठमाडौं-नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व आफ्नो पक्षमा पार्न पार्टी शीर्षनेताबीच चर्को होडबाजीले जारी महाधिवेशन प्रभावित भएको छ।

विधिवत महाधिवेशन माग गर्दै बन्दसत्र हल बाहिर प्रदर्शन

मंगलबार २ बजेसम्मका लागि नेविसंघ महाधिवेशन पुनःसुरु हुनुअघि अध्यक्ष प्रत्यासी कुन्दन काफ्ले समूहले भृकुटीमण्ड क्षेत्रमा प्रदर्शन गरेको छ। विधिवत महाधिवेशन र अनसनकारी विद्यार्थीको जीवन रक्षा माग गर्दै काफ्ले समूहले प्रदर्शन गरेको हो।

प्रतिनिधि टुंगो नलाग्दा बन्दसत्र सर्‍यो

महाधिवेशन प्रतिनिधि टुंगो नलाग्दा नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र प्रभावित भएको छ। विवादित ११ जिल्लाको प्रतिनिधि टुंगो लगाउन पार्टीको निर्देशक समिति सक्रिय रहे पनि सहमति जुट्न नसक्दा महाधिवेशन सोमबार बिहान ११ बजेका लागि तोकिएको बन्दसत्र मंगलबार २ बजेसम्मका लागि स्थगित भएको हो।

नेवि सङ्घको बन्दसत्र भोलिलाई सर्‍यो

नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको बन्दसत्र भोलि मङ्गलबार हुने भएको छ ।  आइतबार भएको सङ्घको ११औँ महाधिवेशन उद्घाटनपछि आजका लागि निर्धारित बन्दसत्र प्राविधिक समस्याका कारण साउन २५ गते सारिएको नेवि सङ्घ कार्यालयका मुख्य–सचिव शिव रिमालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्