८ मंसिर २०८१ शनिबार
image/svg+xml

हरिबोधनी एकादशी मेला सुरु

प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२/१२ वर्षमा लाग्ने महाकुम्भमेलाको पूर्व तयारीसँगै हरिबोधनी एकादशी मेला आज बिहीबारबाट सुरु भएको छ। मेला प्रत्येक वर्षको हरिबोधनी एकादशीको दिनबाट सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्ने गर्छ।

वराह क्षेत्रमा हरिबोधिनी एकादशी मेला लाग्दै

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ।प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ।

आँधीमूलमा एकादशी मेला लाग्ने

आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिरमा यस वर्ष एकादशी मेला लाग्ने भएको छ। कोरोना सङ्क्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्दै गएकाले आज एकादशी मेला सञ्चालन गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्