८ वैशाख २०८१ शनिबार

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेपाल–जापान सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण केन्द्रितः अध्यक्ष प्रचण्ड

पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए।

दाहाल आज तीनदिने भारत भ्रमणमा जाँदै

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए।

कम्युनिष्ट एक बनाउने मिसन जारी रहन्छ: दाहाल

‘नेपालमा अलिक वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन् सबै कम्युनिष्टलाई एकै ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ,’ उनले भने ‘अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक हुनैपर्छ त्यो मिसन हाम्रो जारी रहन्छ।’

दाहाल र चिनियाँ लिउ जियानचाओबीच पार्टीको सम्बन्ध बारे छलफल

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो।

प्रचण्डले जीपलाइन खेलेपछि धुलिखेल पर्यटनमा तरङ्ग

अध्यक्ष प्रचण्डले जीपलाइन खेलेपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए। अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्नेगरेको छ। यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्