८ वैशाख २०८१ शनिबार

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन सरकारलाई सहयोगको आग्रह गरेको छ।

भारतमा आजबाट लोकसभा निर्वाचन, पहिलो चरणमा १०२ सिटका लागि मतदान हुँदै

आज हुने पहिलो चरणको निर्वाचनमा भारतको २१ राज्य र केन्द्र शासित प्रदेशका गरी १०२ सिटका लागि मतदान हुनेछ। जसका लागि १ हजार ६ सयभन्दा बढी उम्मेदवार मैदानमा उत्रेका छन्।

उपनिर्वाचन: सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरे कारबाही

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ।

इलाम–२ मा एक लाख १५ हजार मतदाताले मतदान गर्न पाउने

इलामको निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा एक लाख १५ हजार आठ सय ८९ मतदाताले मतदान गर्न पाउने भएका छन्।

इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली अद्यावधिक सुरु

निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ।

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ: प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन्।

इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ।

पूर्वप्रधानमन्त्री खनाल र सचिव शाहलाई निर्वाचनको जिम्मेवारी

नेकपा (एस) ले वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ।

इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।

इलाम-२ उपनिर्वाचनः मतदाता रिझाउन घर–घरमा उम्मेदवार

निर्वाचन आयोगले चैत २८ देखि वैशाख १२ सम्मलाई प्रचारप्रसारको अवधि तोकिदिएपछि दल र उम्मेदवारहरू मतदाताका घर–घरमा पुग्न थालेका छन्।

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै

राष्ट्रिय सभाको आज बस्ने बैठकमा निर्वाचन हुने कार्यतालिका रहेको छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

उपनिर्वाचन आचारसंहिता आजबाट लागू

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ।

इलाम-२ को चुनावी जोड-घटाउः अवस्था यस्तो छ, कसले जित्छ त चुनाव ?

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा कसले बाजी मार्ला! यो जिज्ञासा अहिले इलाम मात्र होइन, देशभर छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्