१५ मंसिर २०८१ शनिबार
image/svg+xml

के गर्दैछ पानीजहाज कार्यालय ?

नेपालमा पानीजहाजको चर्चा हुन थालेको पूर्वराजा ज्ञानेन्द्र शाह अधिराजकुमार भएकै समयदेखि हो। पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि समुन्द्र नै नभएको नेपालमा पानी जहाज कार्यालय पनि खुल्यो। पानीजहाजको सिधा सम्वन्ध देशको आर्थिक विकास र समृद्धिसँग जोडेर एकथरीले गर्छन् भने अर्काथरीले 'हावादारी' भन्ने गर्छन् । यसका आफ्नै बहस छन्।

हेलिकप्टरबाट सामाग्री ढुवानी

यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ ।

सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने

सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिए।

भिसिटिएस तत्काल खारेज गर्न माग

यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो।

विद्युतीय बस सञ्चालनका लागि सरकारले साझा यातायातलाई दियो ३ अर्ब

सरकारले विद्युतीय बस सञ्चालनका लागि साझा यातायात प्रालिलाई ३ अर्ब दिने निर्णय गरेको छ।

साझा बसको कथा (भिडियो रिपोर्ट)

साझा यातायात सहकारी लिमिटेडद्वारा सञ्चालित साझा यातायातले सस्तो र सर्वसुलभ सेवा प्रवाह गर्दै आएको छ। हरियो रङले सजिएको साझा बस तत्कालीन राजा महेन्द्रको अग्रसरतामा २०१८ बाट सुरु भएको हो। २०२६ सालमा यसको सबै सेवा बन्द भयो। यसबीच बन्द हुने खुल्ने क्रम भने जारी रह्यो।

विद्यार्थी र यातायात व्यवसायीबीच सहमति

यातायात व्यवसायी कम्पनीले कानुनविपरीत सञ्चालित थोत्रा, पुराना र मापदण्डविपरीतका सार्वजनिक यातायातका सवारीसाधन तत्काल हटाउने भएको छ। यस्ता सवारीसाधनले दुर्घटना बढाएको भन्दै जिल्लास्थित विद्यार्थी संगठनहरूले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलमा पाँच बुँदे सहमति भएको होे।

विद्यार्थी संगठन र यातायात व्यवसायीबीच पाँच बुँदे सहमति

यातायात व्यवसायी कम्पनीले कानुन विपरित सञ्चालन गरेका थोत्रा, पुराना र मापदण्ड विपरितका सार्वजनिक यातायातका सवारी साधन तत्काल हटाइने भएको छ। यस्ता सवारी साधनले दुर्घटनाको जोखिम बढेको भन्दै जिल्लामा क्रियाशील विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम अघि बढाएपछि दुई पक्षबीच शुक्रबार भएको छलफलले निर्णय गरेको हो।

ढिलासुस्ती राेक्न सरकारको आफ्नै निर्माण कम्पनीः महासेठ

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले विकास निर्माणका काममा हुने ढिलाइलाई रोक्न सरकार आफैंले निर्माण कम्पनी स्थापना गर्ने तयारी गर्नुपरेको पनि स्पष्ट पारे।

यातायातमा बिचौलियाको बिगबिगी

गैरकर्मचारीबाट लिखित ती अभिलेखहरू सो कार्यालय बिचौलियाको चँगुलमा रहेको कुराको बलियो प्रमाण हो।

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, तीन पक्राउ

वीरगन्जस्थित यातायात ब्यवस्था कार्यालय बिचौलियाको आखडा बनेको छ। सेवाग्राही आफै जाँदा कार्यालयका कर्मचारीले काम अलमलाउने गरेर बिचौलियामार्फत आएमात्र सेवा पाउने बातावरण बनाएका छन्। आम सेवाग्राहीको यस्तो आरोप रहिरहेको बेला प्रहरीले सो कार्यालयबाट चार जनालाई बिचौलियाको आरोपमा भन्दै पक्राउ गरेको छ।

साझाले काठमाडौं उपत्यका बाहिर रात्रीकालिन बस सञ्चालन गर्ने

साझा यातायातले काठमाडौं उपत्यका बाहिर पनि सेवा दिने भएको छ। साझा यातायातले काठमाडौंबाट पोखरा हुदै बागलुङ र काठमाडौंबाट नारायणगढ, बुटवल, भैरहवा हुदै बेलहियासम्म रात्रीकालिन बस सेवा सञ्चालन गर्न लागेको हो।

सवारीसाधनबाट धैरै प्रदूषण

काठमाडौं उपत्यकामा सबैभन्दा बढी वायुप्रदूषण यातायातका साधनका कारणबाट हुने गरेको छ। वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययन अनुसार मानव स्वास्थ्यमा हानि पु¥याउने धुवाँ सवारीसाधनले फ्याँकिरहेका छन्। थोत्रा सवारीसाधनका कारण वायुप्रदूषण बढेको अध्ययनले देखाएको छ।

‘स्मार्ट लाइसेन्स’ स्पष्ट नबुझिने भएपछि पुनः छपाइ हुँदै

निजी कम्पनीले रंगीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्