१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मतदानका दिन सार्वजनिक यातायात नचल्ने

शनिबार हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन क्षेत्रसँग सम्बन्धित ठाउँहरूमा सार्वजनिक सवारीसाधन नचल्ने भएका छन्।

खेलाडी र व्यवस्थापकका लागि ४ सय यातायात

अधिकांश खेलाडीहरूलाई ठमेल आसपासका होटलमा राखिएको, केहीलाई बुढानीलकण्ठ, गोदावरी, बौद्ध एरियाका होटलमा राखिएको र उनीहरूलाई यातायातको व्यस्थापन पनि सोहीअनुसार गरिएको छ।

‘उबर’बाट सिक सरकार

भर्खरै नेपाल सरकारले मोटरसाइकलमार्फत यात्रु ओसार्ने निकै प्रचलित ’टुटल’ तथा ’पठाओ’ सेवामा रोक लगाएको छ। यी सेवालाई सहजीकरण गरी प्रोत्साहन गर्नुको सट्टा सरकारले लागाएको रोकले फेरि पनि स्वदेशमै रोजगारी गर्न चाहेका युवा र समग्र नेपालीलाई निराश बनाएको छ। प्रविधिसँगै नेपालमा भित्रिएका यस्ता क्रियाशील कदम चिनेर समयको मागअनुसार नियम–कानुन बनाउनुको साटो उल्टै अवरोध गर्नु निकै दुःखद हो।

कुरा बढी काम कम

सरसर्ती कुरा सुन्ने हो भने निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिम्मेवारी पूरा गर्दैनन् भन्ने पत्याउन गाह्रो पर्छ। तर पछिल्लो २१ महिनामा उनले कुराअनुसार काम भने गर्न सकेनन्।

विद्युतीय बस कम खर्चिलोः यातायात व्यवसायी

विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ।

अस्तव्यस्त सडकका कारण ६ महिनामै थोत्रिन्छन् गाडी

राजधानीबाट मध्यपूर्वमा बस चलाउदै आएको अरनिको यातायातका बस चालक भरत पाण्डे केही वर्ष यता चरिकोट खाडीचौर सडकमा बस गुडाउँदा निस्किने मर्मत खर्चले हैरान भइसके। ‘जिल्ला भित्रिने मुख्य सडकको अवस्था यति बिजोग छ कि कहिले काँही त उठेको भाडा भन्दा दोब्बरसम्म मर्मत खर्चमै सकिन्छ।’

शोकमा शैलुङ गाउँ

गाउँलेले बाघखोर बजारदेखि काटाकुटी गाउँ जोड्ने सडक खनेपछि अरनिको यातायात समितिलाई सो बाटोमा गाडी हाल्न अनुरोध पठाए। तर समितिले यात्रु नपुग्ने कारण देखाउँदै गाउँबाट सीधै राजधानी जाने गाडी हाल्न मानेन। उसले गाउँले सामु ‘गाउँका लागि सुविधा त दिने तर यहाँबाट बाघखोर देउराली बजारसम्म लोकल गाडीले यात्रु ओसार्न पाउनुपर्ने र त्यहाँमाडौं जाने गाडी भेट्ने गरी सो गाउँका लागि १० वटा सिट छुट्याउने’ सर्त तेस्यायो।

जोरबिजोर प्रणाली लागू

भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान आठ बजेबाट यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुँवा र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारले यस्तो कदम चालेको हो ।

मोड सुधारसँगै यातायात सञ्चालन सहज

सुदुरपश्चिमका तीन पहाडि जिल्ला बैतडी, दार्चुला र बझाङ्ग जिल्लाको प्रमुख सडक दशरथ चन्द राजमार्गमा रहेका मोडको सुधार गरिएको छ।

‘मेलम्ची र उपत्यकाभित्रको सडकलाई लिएर जनताले आक्रोश पोख्ने दिन अब आउँदैन’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले विकास निर्माणको कामलाई तिब्रता दिएको बताएका छन्।

रोल्पामा सार्वजनिक यातायातमा नयाँ भाडादर

व्यापक जनगुनासो बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रोल्पाले सार्र्वजनिक यातायातको भाडादर कायम गरेको छ। जिल्लाभित्र र बाहिर चल्ने सवारी साधनले मनपरी हिसाबले भाडा उठाउन थालेपछि स्थानीय प्रशासनले नयाँ भाडादर कायम गरेकोे हो।

मन्त्रीको स्वार्थमा काम नगर्दा उपसचिवको ‘सरुवा’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए । त्यस्तै, आगामी खरिद कारबाही मूल्यांकन प्रक्रियामा आफूनिकट व्यक्तिलाई बोलपत्र पार्ने योजनामा पनि उनी बाधक बनेका थिए ।

सवारी चेकजाँच तथा अनुगमनमा कडाइ

प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुहरुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै शनिबार बुटवलको बसपार्क क्षेत्रमा अनुगमन गरेको छ ।

यातायात अवरुद्ध भएपछि दसैंमा घर फर्किनेलाई समस्या

सोरु गाउँपालिका-७ का स्थानीय राजेन्द्र विष्टलाई यस पालिको दसैं खल्लो हुने होकी भन्ने लागेको छ। किन भने उनको परिवार गमगढीमा व्यापार गर्दै आई रहेको छ भने आमा वुवा गाउँमा छन त्यस्तै भाईको परिवार कोहलपुरमा बस्दै आएका छन्।

दोब्बर भाडा असुल्दै यातायात व्यवसयी

दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ। उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन्। कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्