१४ आश्विन २०८१ सोमबार
image/svg+xml

टीपीएस नविकरणको दबाव दिन २३ अमेरिकी सीनेटरद्वारा हस्ताक्षर

आजको ठीक एक हप्ता अर्थात यही जुन २४ तारिकसम्ममा अमेरिकामा (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएस लिएर बसेका साढे ८ हजार नेपालीको भविष्यको छिनोफानो हुनेछ।

१ सय जनाले संयुक्त हस्ताक्षर सहित निवेदन दिए प्रदेश सभामा छलफल हुने

प्रदेश नम्बर ३ को प्रदेश सभा नियमावली २०७४ को मस्यौदालाई प्रदेशसभा बैठकले सर्वसहमत स्वीकृत गरेको छ। मस्यौदामा संसोधन दर्ता नभएपछि सोमबार बसेको प्रदेश सभा बैठकले सर्वसहमत पास गरेको हो।

सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

नेकपा एमाले आफ्नो अडानबाट पछाडि हटेपछि ६ नम्बर प्रदेशमा सरकार गठन प्रक्रिया अगाडि बढेको छ । एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने अडान राख्दै आएको थियो । एमाले आफ्नो अडान छोडेर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर संकलनमा लागेको छ।

राजधानी माग्दै प्रधानमन्त्रीलाई हस्ताक्षर

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेर आवश्यक पूर्वाधारको जोहो गरिरहेका बेला बाँकेमा भने राजधानी तोक्नुपर्ने माग यथावत रहेको छ। बन्द, हड्तालभन्दा शान्तिपूर्ण आन्दोलनको बाटो रोजेका बाँकेबासीले दवाव स्वरूप चरणवद्ध रूपमा कार्यक्रम गर्दै आएका छन्।

निःशुल्क स्वास्थ्य बीमाको मागसहित नेविसंघको हस्ताक्षर अभियान

नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको लागि सरकारलाई दबाब दिन बुधबारदेखि त्रिभुवन विश्व विद्यालयसहित देशरभरका सम्पूर्ण शैक्षिक संस्थाबाट विद्यार्थीहरुको हस्ताक्षर संकलन सुरु गरिएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए।

नेपाली भाषामा ड्राइभर लाइसेन्स लिन अमेरिकामा हस्ताक्षर अभियान

अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राइभर लाइसेन्स परीक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले क्यालिफोर्नियाका नेपालीहरुले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन्।

हस्ताक्षर नगरेको मतपत्र दिने मतदान अधिकृतलाई कारबाही

लमजुङको एक मतदान केन्द्रका मतदान अधिकृत कारबाहीमा परेका छन्। मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल¬–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन्।

अमेरिकासँग ५० अर्ब रूपैयाँको सहयोग सम्झौतामा हस्ताक्षर

अमेरिकाले नेपाललाई प्रदान गर्ने ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) को अनुदान सम्झौतामा वासिंगटन डिसीमा बिहीबार राति हस्ताक्षर भएको छ। परराष्ट्र मन्त्रालयको ट्रिटी रूममा भएको सहयोग सम्झौतामामा नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा अमेरिकी उपविदेशमन्त्री जोन सुलिभानले हस्ताक्षर गरेका छन्।

नेपाल–भारत ८ समझदारीपत्रमा हस्ताक्षर, १०० मेगावाट बिजुली थपिने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरवाद हाउसमा वार्ता भए लगत्तै दुवै जनाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

आधा दर्जन सम्झौतामा हस्ताक्षर गर्ने निर्णयसहित बिमस्टेक सम्पन्न

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५ औं विदेश मन्त्रीस्तरीय बैठक आधा दर्जन सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्यान्ड सदस्य रहेको बिमस्टेकको विदेश मन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको हो।

रुसलाई प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई प्रतिबन्ध लगाउने विषयको अमेरिकी दुवै सदनले पारित गरेको विधेयकमा हस्ताक्षर गरेका छन्। सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता रहेको भन्दै अमेरिकी दुवै सदनले रुसलाई नाकाबन्दी लगाउने विषयको विधेयक गत साता बहुमतले पारित  गरेको थियो।

ओबरमा हस्ताक्षरले परनिर्भरता हट्ने

चीनले अघि सारेको बृहत परियोजना ‘वान बेल्ट वान रोड (ओबर)’ मा नेपालले गरेको सम्झौता ऐतिहासिक भएको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले त्यसमा हस्ताक्षर गरेसँगै एक देशमाथिको निर्भरता तोडिने बताएका छन् ।

चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुने

चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग थप दुई सम्झौता हुन लागेको बताएका छन्।

अाेबिअाेअारका लागि नेपाल र चीनबीच हस्ताक्षर

वान बेल्ड वान रोड (ओबिओआर) परियोजनाका लागि नेपाल र चीनबीच हस्ताक्षर भएको छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतको सहभागितामा आयोजित कार्यक्रममा परराष्ट्र सचिव शंकरदास वैरागी र चिनिया राजदूत यु होङले ओबिबओआर परियोजनामा हस्ताक्षर गरेका हुन्।

नेपालले ओबीओआरमा हस्ताक्षर गर्ने

नेपालले वान बेल्ट वान रोड (ओबीओआर) परियोजनामा हस्ताक्षर गर्ने  निर्णय गरेको छ ।  सेमबार बसेको  मन्त्रीपरिषद्को बैठकले चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने उक्त सडक परियेजनामा उपप्रधानमन्त्रीको नेतृत्वमा हस्ताक्षर गर्ने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्