१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सिहंदरबारमा विपक्षी गठबन्धनको हस्ताक्षर जारी, आजै रिट दर्ता

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दिन लागेका हुन्।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री पद

मुख्यमन्त्री पोखरेल आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र हस्ताक्षर नगर्ने एक सांसदलाइ मन्त्रीपद उपहार दिएर सरकार जोगाउन सफल भएका हुन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार दिउँसो १.१५ मा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। जसमा जसपाका ६ मध्ये ५ सांसदले हस्ताक्षर गरेका थिए।

लुम्बिनी प्रदेश: मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन

मुख्यमन्त्री पोखरेललाई सरकारको नेतृत्वबाट हटाउने अन्तिम निर्णयमा पुगिसकेका यी दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षरसमेत संकलन गरिसकेका छन्। एमालेका ४१ र जनता समाजवादी पार्टीका एकजना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षरसमेत गरिसकेको स्रोतले बताएको छ।

विश्व बैंकले आठ अर्ब ७० करोड रूपैयाँ दिने

कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच आठ अर्ब ७० करोड रूपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

नेपाल र बङ्गलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर –सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो।

नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर

चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्‍यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्‍यो।

राष्ट्रपति बाइडेनका चुनौतीः तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए। निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो, खासगरी कोरोना भाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर परेको मुलुक अमेरिका नै भएकाले पनि यसको असर निकै बढी रहेको अनुमान गर्न सकिन्छ।

व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

विश्व बैंकको ऋण सहयोगमा हस्ताक्षर

विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिक लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएले दिने १२ अर्ब रुपैयाँ सहुलियत ऋण सहायताका लागि हस्ताक्षर भएको हो ।

स्थायी कमिटी बैठक बोलाउन माग गर्दै २० सदस्यले बुझाए ओली-दाहाललाई पत्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले स्थायी कमिटीको बैठक माग गर्दै हस्ताक्षर अभियान चलाएका छन्। बुधबार साँझ नेकपा स्थायी कमिटीका २० जना सदस्यहरुले हस्ताक्षर गरेर पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएका छन्।

अफगानिस्तानमा १८ वर्षदेखिको युद्ध अन्त्य

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार हस्ताक्षर गरेको छ।

छाउपडीविरुद्ध हस्ताक्षरको लर्को

जुम्लाका प्रत्येक प्रहरी चौकीमा छाउपडी प्रथाविरुद्ध हस्ताक्षर संकलन अभियान सुरु भएको छ। छाउपडी प्रथालाई सरकारले कुरीति घोषणा गरेसँगै जुम्लाका प्रहरी इकाइसुरु भएको हो।

छाउपडी प्रथाविरुद्ध प्रहरी चौकीमा हस्ताक्षर संकलन

जुम्लाका प्रत्येक प्रहरी चौकीमा छाउपडी प्रथाविरुद्ध हस्ताक्षर संकलन अभियान शुरु भएको छ। छाउपडी प्रथालाई सरकारले कूरीति घोषणा गरेसंगै जुम्लाका प्रहरी चौकी र प्रहरी इकाइहरुका हस्ताक्षर संकलन अभियान शुरु भएको हो।

हस्ताक्षरका लागि मात्रै महिला जनप्रतिनिधि

निर्णय प्रक्रियामा डडेल्धुराका महिला तथा सीमान्तकृत वर्गको सहभागिता न्यून रहेको पाइएको छ। संविधानतः हरेक क्षेत्रमा हुने निर्णय प्रक्रिया र पद्धतिमा महिला तथा सीमान्तकृत समुदायको सार्थक सहभागिता अभिवृद्धि गर्नु आवश्यक हो। तर नेतृत्व तथा निर्णय प्रक्रियामा उनीहरूको सहभागिता पुग्न नसकेको गुनासो बढ्न थालेको छ।

नारी हस्ताक्षर बोकेर बोस्टन पुग्दा

मञ्चअगाडि तीजमा सजिएर आएका स–साना नानीहरू थिए। नारी मुक्तककारका मुक्तक समाविष्ट कृतिको विमोचन पञ्चकन्याका कलिला हातबाट गराउँदा झन् सान्दर्भिक हुन पुग्यो। पञ्चकन्याको छेउछाउमा प्रतिष्ठानका कुलपतिलगायत अन्य अतिथि उभिँदाको झलक साँच्चै मुक्तकिलो थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्