१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बाढीले बगाउँदा महोत्तरीमा थप एक बालककाे मृत्यु

विग्ही नदीमा आएको बाढीले वगाउँदा महोत्तरीमा थप एक बालक मृत्यु भएको छ। मटिहानी नगरपालिका ९ वहुअर्वा घर भएका श्याम यादवको ७ वर्षिय छोरा पंकज यादव सोमबारदेखि बाढी बगाउँदा वेपता भएका थिए।

पर्सामा डुबेर थप एक बालकको मृत्यु

पर्सामा बाढीमा डुबेर थप एक बालकको मृत्यु भएको छ। यसअघि पनि १४ बर्षमुनिका २ बालकको यसपालिको मुसलधारे पानीले ल्याएको बाढीमा डुबेर मृत्यु भएको थियो। तीन बालक र एक जना बयस्क गरी बगेर र डुबेर मृत्यु हुनेका संख्या पर्सामा ४ पुगेको छ।

एक सातादेखि मध्यपहाडी राजमार्ग  बन्द

बाढी र पहिरोको चपेटामा परेको मध्यपहाडी राजमार्ग एक साता वितिसक्दा पनि खुल्न सकेको छैन। गत असार २६ गतेदेखि अवरुद्ध राजमार्ग हालसम्म पनि खुल्न नसकेको स्थानीयले बताएका छन्।

‘कतै बाढी त कतै खडेरी’

तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन्। ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ। नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन्।

मन्त्रीहरूको टोली खाली हात आए, अश्वासन दिएर फर्के(भिडियाेसहित)

अविरल वर्षापछिको डुबान र बाढीबाट प्रभावित मधेशका जिल्लाहरुमा संघीय सरकारका मन्त्री रे सांसदहरुको टोली हेलिकप्टरबाट अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे जानकारी लिएका छन्।

बाढीले बगाउँदा बालक बेपत्ता

विग्ही नदीमा आएको बाढीले वगाउँदा महोत्तरीमा थप एक बालक बेपत्ता भएका छन्। मटिहानी नगरपालिका ९ वहुअर्वा घर भएका श्याम यादवको ७ वर्षिय छोरा पंकज यादव सोमबारदेखि नै बेपत्ता भएका हुन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीहरुको ओइरो

अविरल वर्षापछिको पहिरो, डुबान र बाढी मधेशको बाढी प्रभावित जिल्लाहरुमा संघीय सरकारका मन्त्री र सांसदहरुको टोली अनुगमनमा आएका छन्।

न गास रह्यो न बास, ‘चिउरा चपाउँदा बंगारा दुख्यो सरकार’

भोकले १५ दिने शिशु अनन्दनी रोइरहेकी छन्। आमा लक्ष्मीनिया सदाय (मुसहर) दूध चुसाएर भोक मेटाउने कोसिसमा छन्। तर अघाउने दूध नआएकाले अनन्दनीको रुवाइ थामिएको छैन। सिरहा कर्जन्हा नगरपालिका–३ सुन्दरपुरको सुकुमबासी बस्तीअघि त्रिपालमुनि बस्दै आएको बाढीपीडत सदाय परिवारमा देखिएको कारुणिक दृश्य हो यो।

राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपाललगायतका दक्षिय एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा हालै आएको बाढीले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

घरिघरि तर्सिन्छन् बाढीपीडित

पूर्वमा बाग्मती बग्छ, पश्चिममा झाझ खोला । यी दुवैको मध्यमा पर्छ महावती कुम्हइनको घर । उमेरले ६ दशक नाघेकी महावती पाँच दिनदेखि बाग्मटीको तटबन्धमा पाल टाँगेर बसेकी छन् । बाढीले बस्ती नै डुबाएपछि ६५ वर्षीया महावतीको जीवन कष्टकर बनेको छ । पति किशोर पण्डित, चार छोराबुहारी, १६ नातिनातिनासहित महावतीको २६ जनाको परिवार बाग्मती नदीको तटमा पाल टाँगेर बसेको छ । महावतीको परिवारले २०७४ सालमा आएको बाढीले घरबार तहसनहस बनाएको घाउ निको हुन नपाउँदै फेरि अर्को बाढीको सामना गर्नुपरेको छ ।

राहतका लागि सांसदलाई ज्ञापन

कर्जन्हा नगरपलिकाको बाढीप्रभावित क्षेत्रमा मंगलबार् यस क्षेत्रका प्रदेश सांसद दीलिप कुमार साहले स्थलगत रुपमा पीडितहरुसँग भेटेका छन्। बाढीडितको समस्या, अवस्था र हाल संसद र सरकारलाई अवगत गराउने राहत उपलब्ध गराउने उनले आश्वस्त पारेका थिए।

देशभरका अवरुद्ध विद्युत सेवा भोलिसम्ममा सुचारु हुनेः मन्त्री पुन

सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा भोलि (श्रावण–१ गते) सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ।

बाढीबाट भएको क्षतिप्रति राष्ट्र संघद्वारा दुःख व्यक्त

बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ। दक्षिण र दक्षिण–पूर्व एसियाका भेगमा अविरल वर्षापछि आएको बाढीले धेरै मानिस विस्थापित भएका छन्। हजारौंले ज्यान गुमाउनु परेको छ।

गृह मन्त्रालयको तथ्याङ्कः ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्