७ वैशाख २०८१ शुक्रबार

भेरी अस्पतालमा सेवा स्तरोन्नत्ति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुयाइएको छ।

डेंगुबाट बाँकेमा दुई जनाको मृत्यु

अब बाँकेमा नेपालगन्जका पाँच जनासहित आठजना डेंगु संक्रमित उपचाररत छन्। बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीन जना बाँके बाहिरका थिए।

भेरी अस्पतालमा बेथिति, बिरामी मारमा

सरकारले भेरी अस्पताललाई विशिष्टीकृत बनाउने योजना अगाडि सारेर सेवासुविधा बढाइरहेको छ। तर अस्पतालले बिरामीलाई सामान्य खालको सेवा पनि दिन नसकेको अवस्था छ।

कोरोनाका कारण भेरी अस्पतालमा थप एक जनाको ज्यान गयो

भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ८४ वर्षीय पुरुषको ज्यान गएको हो।

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

ती महिलाको बिहान ७ बजेर ५० मिनेटमा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।

भेरी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट बाँकेमा थप एक जना महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा शुक्रबार राति जोशिपुर गाउँपालिका–७, कैलालीकी ४९ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

भेरी अस्पतालमा ४ जना संक्रमितको मृत्यु

बर्दिया, राजापुर नगरपालिका वडा नम्बर ८ का ३५ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

भेरी अस्पतालमा कोरोनाबाट थप एक पुरुषको मृत्यु

भेरी अस्पताल नेपालगन्जमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाँके, बैजनाथका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

नियन्त्रणमै आएन कोरोना संक्रमण: भेरी अस्पतालमा एकै रात दुई संक्रमितको मृत्यु

बाँकेमा बढेको कोरोना भाइरस(कोभि-१९)नियन्त्रणमा आउनै सकेको छैन। संक्रमण नियन्त्रणमा नआउँदा दिनहुँ मृत्युदर बढ्दै गएको छ।

अस्पतालको वार्डमै तीज मनाउने चेली

तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोएको छैन।

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भेरी अस्पतालका नर्सले संक्रमित महिलालाई खुवाए तीजको दर

नेपाली महिलाको महान पर्व हरितालिका(तीज) नजिक आईरहेको छ। तीजको पूर्वसन्ध्यामा अचेल नेपालगन्जका कटेज तथा रेष्टुरेन्टमा दर खाने कार्यक्रम दिनहुँजसो भईरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्