६ वैशाख २०८१ बिहीबार

चुनाव जित्न विकासको आश्वासन देखाउने चलन छ: सांसद ज्ञवाली

नेकपा (एमाले) का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ।

सांसद अधिकारीको प्रश्नः ओली नेतृत्व सरकारले गुठीको समस्या समाधान गर्न ल्याएको विधेयककाे विरोध गर्नेहरु अहिले के गर्दै हुनुहुन्छ?

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धी विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाव समेत दिए।

देउवालाई सुदूरपश्चिमका जनताले थारो भैंसी पालेझैँ पाल्नुपरेको छः सांसद धामी

सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए। उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे।

'उपत्यका सुरक्षाको जिम्मा संघीय प्रहरीलाई'

गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्।

संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ: महेश बस्नेत

नेकपा (एमाले) का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्