८ मंसिर २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिममा एमालेको विवाद चर्कदैः ओली पक्षका ७ सांसदलाई स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले प्रदेश सरकारको मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको पक्ष र विपक्षमा मतदान गरेसँगै सुदूरपश्चिममा एमालेको विवाद चर्किएको छ। नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

कोराेनाको संक्रमण भयावह बन्दैः सुदूरपश्चिममा एकै दिन १४ को मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको संक्रमणले अवस्था भयावह बन्दै गएको छ । सुदूरपश्चिममा पछिल्लो एक सातायता संक्रमणले मृत्युदर बढ्दै गएको छ ।

सलहका झुन्ड सुदूरपश्चिममा

प्रदेश कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘शुक्लाफाँटाबाट नेपाल भित्रिएको सलहको झुन्ड महाकाली नदी किनार क्षेत्रमा आइपुगेको स्याटलाइटले देखाउँछ ।’ सलह नियन्त्रणका लागि प्रदेश कृषि विकास निर्देशनालय दिपायलको ¥यापिड रेसपोन्स टिम तैनाथ गरिएको उनले बताए ।

सुदूरपश्चिममा ‘माघेत्यार’को रौनक

हिन्दू धर्मालम्बीहरुले मकरसंक्रान्ती (माघेसंक्रान्ती) पर्व धुमधामका साथ मनाइरहेका छन्। सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसंक्रान्ती मनाइरहँदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ।

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

केहीदिन अघिसम्म निकै सक्रिय रहेका सुदूरपश्चिमका जिल्लाका सदरमूकामहरू सुस्ताएका छन् । पार्टीको आधिकारिक टिकटका लागि दलहरू निरन्तर छलफलमा थिए । सबैजसो पार्टीका नेताकार्यकर्ताहरू सदरमुकाम केन्द्रित थिए । आकांक्षी नेताहरू आफ्नो पक्षमा टिकट पार्न नेता देखि मतदाताहरूसम्म रिझाउने क्रममा थिए । यसले जिल्लाको राजनीतिक माहौल निकै तातेको थियो ।

सुदूरपश्चिममाथि सहाराको सहज जित

अफ्रिकी मूलका खेलाडी हाबी हुँदा आयोजक सहारा क्लबले पोखरामा मंगलबार सुरु आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सहाराले सुदूरपश्चिम स्पोर्टिङ क्लबमाथि ४–० को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

सुदूरपश्चिममा खप्तड गोल्डकप हुने

सुदूरपश्चिममा पहिलोपटक ‘ए’ डिभिजन स्तरको फुटबल प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम एघार स्पोर्टस क्लबको आयोजनामा पुसको अन्तमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप हुने मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

सुदूरपश्चिममा यातायात ठप्प, जनजीवन प्रभावित

धनगढी– सुदूरपश्चिम यातायात व्यवसायी समिति धनगढीले यातायात ठप्प पारेपछि शनिबार सुदूरपश्चिमकाे जनजीवन प्रभावित भएको छ। यातायात ठप्प हुँदा धनगढीबाट लामो तथा छोटो दूरीका कुनै पनि बस सञ्चालन हुन सकेका छैनन्। सुदूरपश्चिम यातायात र बडिमालिका यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका विषयलाई लिएर भएको विवादले शुक्रवार उग्र रुप लिएपछि दुवै पक्ष बीच झडप भएको थियो।

सुदूरपश्चिममा तीन घण्टामा १३ पटक भूकम्प धक्का

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन्। आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्