७ वैशाख २०८१ शुक्रबार

पाथीभरा मन्दिरबाट संकलन भयो १ सय ८४ तोला सुन

ताप्लेजुङको पाथीभरा मन्दिरबाट १ सय ८४ तोला लाल सुन जम्मा भएको छ भने ९२ किलो ६ सय ५० ग्राम चाँदी जम्मा भएको छ।

नवरात्रसँगै पाथीभरामा भक्तजनको घुइँचो

नवरातको सुरुवात भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ। हरेक वर्ष नवरात्र भर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ।

ताप्लेजुङको तिरिङ्गेमा बोलेरो दुर्घटना, चालकसहित १३ जना घाईते

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेबाट पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बोलेरो दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाईते भएका छन्।

पाथीभरा मन्दिरको ८९ लाख भेटी कहाँ हरायो ?

इलामको रोङ गाउँपालिकास्थित प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम ‘हिनामिना’ भएको भेटिएको छ।

पाथीभरा मन्दिरको भेटी छानबिनमा किचलो

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच सुरुमै तिक्तता बढेको थियो।

पाथीभरा मन्दिरको भेटीमा अनियमितता आशंका

इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी पारदर्शी नभएको विषयमा मदिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबीच तिक्तता बढेको छ ।

परेन पानी, फुलेन गुराँस

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ।

के तपाई प्रकृतिमा रमाउन खोजिरहनुभएको छ? आउनुहोस् ताप्लेजुङ

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ।

‘लिफ्टिङ’ बाट पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम अन्तिम चरणमा

‘लिफ्टिङ’ प्रविधिको काम सकिएको र विद्युतीकरणको काम समेत अन्तिम चरणमा पुगेकोले यहि महिना भित्र परीक्षण गर्ने योजना बनेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए।

पाथीभरामा विद्युत आपूर्ति सुरु हुने बित्तिकै लिफ्टिङ प्रविधिबाट पानी पुर्‍याउन सकिने

‘विद्युत् जडान भइसकेको भए लिफ्टिङ प्रविधिको पानी बलुडाँडासम्म पुर्‍याउन सकिन्थ्यो’ थापाले भने।

पाथीभरा जाने सडक कालोपत्र हुने

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ।

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो।

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो।

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो।

पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा प्रतिवन्ध

ताप्लेजुङमा अवस्थित पवित्र शक्तिपीठ पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा प्रतिवन्ध लगाइएको छ। मन्दिरको दर्शनका लागि आउने–जानेहरुबाट कोरोना संक्रमणको भयका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्