६ वैशाख २०८१ बिहीबार

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।

कञ्चनपुरमा लागुऔषध मुद्दामा दुई सय १६ जना पक्राउ

विगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुर्व्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित दुई सय १६ जनालाई कारबाहीको दायरामा ल्याएको छ।

मुस्ताङमा प्रहरीको सुझाव: मुक्तिनाथ जाँदा दौडधुपको यात्रा नगर्नू

पोखराबाट हतार गरेर मुक्तिनाथ दर्शन गर्न जाँदा प्रहरीलाई लेक लाग्ने जोखिम बढेको भन्दै प्रहरीले स्वास्थ्यशिविर राखेको थियो। प्रहरीका अनुसार लेक लागेर चालु आर्थिक वर्षमा मात्र ११ जनाको ज्यान गइसकेको छ। ती मध्ये अधिकांश भारतीय रहेका छन।

काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ।

ट्रक दुर्घटनामा परी घाइते नाै जनामध्ये एकको मृत्यु

धादिङको खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये एकजनाको मृत्यु भएको छ।

नौ महिनामा भन्सार छलीका ५६ करोडका सामान बरामद

पर्साका प्रशासनले चालु आर्थिक वर्षको नौ महिनामा ५६ करोड एक लाख छ हजार नौ सय बराबरका राजस्व छलेर ल्याइएका सामान बरामद गरेको छ।

चार दिनमै छुटे प्रहरीमाथि आक्रमण गराउने तस्कर

प्रहरीमाथि आक्रमण गराउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक तस्करलाई जिल्ला प्रहरी कार्यालय बाराले चार दिनमै थुनामुक्त गरेको घटना सार्वजनिक भएको छ।

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ।

डिएसपी र एसपीको सरुवामा गृहमन्त्रीको हस्तक्षेप, बढुवा हुनेहरू अधिकांश कारबाही भोगेका

तर दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका रवि लामिछाने आएपछि गरिएको पहिलो बढुवा र सरुवामा चरम विवाद देखियो।

खोलामा डुबेर बालकको मृत्यु

कपिलवस्तुमा खोलामा डुबेर महाराजगञ्ज नगरपालिका ७ गंगौरीका गरिब मुराउको १५ वर्षीय छोरा रामफेरको मृत्यु भएको छ।

लडेर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु

आफ्नै घरको सिँढीबाट ओर्लने क्रममा लडेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

चालू आवका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दाका ८० प्रतिशत प्रतिवादी पक्राउ गर्न सफल भएको जनाएको छ।

पर्सामा १ महिनाभित्र ५ करोड भन्दा बढीको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको सफ्टवेयर प्रहरी नियन्त्रणमा

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्