९ मंसिर २०८१ आइतबार
image/svg+xml

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

कांग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण

यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्।

कांग्रेस रूपान्तरणको लागि पौडेलको दस बुँदे अवधारणा

राजनीतिक दलहरूलाई लोकतान्त्रिककरण गरेर जनताको अधिकारको रक्षा गर्ने पहरेदारको बनाउनु पर्ने जिकिर गर्दै पौडेलले राजनीतिक दलको सदस्य भएबापत विशेष सुविधा पाउने परिपार्टीको अन्त्य हुनुपर्ने दाबी गरे। ‘दलविनाको लोकतन्त्रक कल्पना गर्न सकिंदैन।

जिल्लापछि नेताहरूको ध्यान प्रदेश नेतृत्वमाः प्रदेश सभापतिमा को–को छन् आकांक्षी?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सकिएसँगै शीर्ष नेताहरूको ध्यान प्रदेश अधिवेशनतर्फ केन्द्रत हुन पुगेको छ। दुई तिहाइ जिल्लाका अधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेसको संस्थापन र इतर समूह प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका हुन्।

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यकः नेता सिंह

कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढङ्गले अगाडि बढाउनका लागि शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताए। उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढङ्गले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे।

कांग्रेसमा झन् कसिलो बन्दै गुट

पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

कांग्रेस महाअधिवेशनः आरजुको क्षेत्रमा तँछाडमछाड

सुदूरको राजनीतिक केन्द्रको रूपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहितको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरूको लहर चलेको हो।

प्रदेशसभा क्षेत्रको अधिवेशन गर्दै कांग्रेस

क्रियाशील सदस्यताको विषय टुंगो लाग्न नसक्दा रोकिएका तल्लो तहको अधिवेशन कात्तिक २७ गतेबाट सुरु भएसँगै बिहीबार अधिवेशन हुन बाँकी अधिकांश जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो।

कांग्रेस संस्थापन इतर पक्ष: सहमति छाडेर आरोप–प्रत्यारोपमा

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए।

कांग्रेसमा देउवा–निधि सम्बन्धः सहयात्रा अब प्रतिस्पर्धातिर

एकअर्काका कमजोरीलाई नजिकबाट नियालेका दुवै नेता त्यसमै टेकेर आआफ्नो आवश्यकता एकअर्कालाई महसुस गराउने रणनीतिमा रहेको विश्लेषण गर्दै एक नेताले भने, ‘तर त्यो दुवैका लागि आत्मघाती हुन्छ।’

कांग्रेस निर्वाचनको तात्यो माहोल

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बाँकेमा निर्वाचनको महोल तातेको छ। निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस नेता, कार्यकर्ता भोट माग्न क्रियाशील सदस्यका घरघरमा पुगिरहेका छन्। बाँकेमा आइतबार ८१ वटै वडामा निर्वाचन सम्पन्न हुँदैछ।

देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून

दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल आआफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। तर पछिल्लो पटक निर्धारित महाधिवेशन मिति नजिकिँदै गर्दा संस्थापन र इतर समूहबाट सभापतिमा एकएक मात्र उम्मेदवार बन्ने सम्भावना न्यून बन्दै गएको छ।

कांग्रेस पनि जुट्दै,२८ गते बैठक आह्वान

पटकपटक तोकिएको मितिमा महाधिवेशन नभएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भइरहेका बेला उनले यही कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छः नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

कांग्रेसमा महामन्त्रीका आकांक्षी थपिँदै

कांग्रेस महामन्त्रीका लागि संस्थापन र इतर समूहका गरी दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्