६ वैशाख २०८१ बिहीबार

कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

कांग्रेसमा नौ महिला केन्द्रीय सदस्य निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महिला खुला समूहको मतगणना सकिएको छ। नौ पदका लागि भएको निर्वाचनमा अधिकांश सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार निर्वाचित भएका छन्।

खुलातर्फ कांग्रेस केन्द्रीय समितिमा १६ नयाँ अनुहार

कांग्रेस निर्वाचन समितिले साँझ दिएको अन्तिम मतपरिणामअनुसार खुलातर्फका ३५ केन्द्रीय सदस्यमा १६ जना नयाँ अनुहार छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका वर्तमान र पूर्वअध्यक्षसहितका नेताहरु पार्टीको केन्द्रीय सदस्यमा पुगेका छन्। पुराना १९ नेता केन्द्रीय समितिमा दोहोरिएका छन्।

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’

कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी

यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरेकाे समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो।

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेस रुपान्तरणमा लाग्ने उद्घोष

म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणमा लागिसकेको छु। निरन्तर तपाईंहरूको घरदैलोमा पुग्नेछु, मेरो टिमका साथीहरू पनि पक्कै तपाईंहरूको घरदैलोमा पुग्नुहुन्छ। – शेखर कोइराला

कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना अपरान्हदेखि

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका थिए।

दोहोरिएका देउवा

देउवाले मत परिणाम आफ्नो पक्षमा पार्न सफल भए पनि उनको विकल्पमा उभिएको संख्या उल्लेख्य छ। यसकारण यी सबैलाई उनले मिलाएर जानुपर्ने चुनौती आगामी दिनमा हुनेछ। गुट, उपगुट सबै दलका निम्ति चुनौती हुन् ।

रोकिए देउवा :अब देउवा र शेखरबीच प्रतिष्पर्धा, सिंह र निधिले कसलाई गर्छन् सहयोग ?

शेरबहादुर देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको थियो। कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन। दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने हुन्छ।

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएकाे पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा.शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरूङले १४ मत प्राप्त गरेकाे समितिले जनाएको छ।

कांग्रेस सभापतिको मतगणना जारी,बढ्यो मतान्तर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्।

कांग्रेस सभापतिमा देउवाको सम्भावना

दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।

महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ: गगन थापा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका युवा नेता गगन थापाले निर्वाचन चलिरहँदा आफूलाई मतदान गर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्