बैंक तथा वित्तीय संस्था कारबाहीमा
नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।
नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।
एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन पोखराको न्यूरोडस्थित ‘कास्की मोडेल हस्पिटल’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्च बीच सम्झौता भएको छ।
ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको उद्घाटन गरेको छ। बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
मुक्तिनाथ विकास बैंक र दृश्य लाउन्ज बीच सम्झौता भएको छ। बैंकले आफ्ना भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन दृश्य लाउन्जसँग यो सम्झौता गरेको हो।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग गरेका छन्।
कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच एक सम्झौता सम्पन्न भएको छ।
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षापछि विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन्।
महालक्ष्मी विकास बैंकले निष्कासन गरेको डिवेन्चर तोकिएको समयमै बिक्री भएको जानकारी बैंकले दिएको छ।
एसियाली विकास बैंक (एडीबी)ले सन् २०२२ मा नेपालमा विभिन्न परियोजनाका लागि ५८७ मिलियन अमेरिकी डलर ड्रिसबर्समेन्ट(वितरण) गर्ने लक्ष्य राखेपनि सो अवधिमा २५४ मिलियन अमेरिकी डलर मात्रै वितरण गरेको छ।
महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका गरेका छन्।
कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसबारी काठमाडौंस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ।
एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने र मुद्रास्फीति ७ दशमलव ४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।
नेपालका दुई ठुला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतलाई आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।