तानातानमा जसपा
नेकपा एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएपछि जनता समाजवादी पार्टी स्पष्ट रूपमा दुई कित्तामा देखिएको छ। जसपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले र पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रले अलगअलग रूपमा सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन्। ओली आफू नेतृत्वको सरकार टिकाइरहन चाहन्छन् भने दाहाल अन्य दलको सहयोगमा ओलीलाई हटाएर नयाँ सरकार बनाउने लाइनमा छन्।