९ मंसिर २०८१ आइतबार
image/svg+xml

नवदुर्गा हल अगाडी आगलागी

भक्तपुर नगरपालिका– १ इताछेंस्थित नवदुर्गा हल अगाडीकाे एक घरमा आज बिहान आगलागी भएको छ । नवदुर्गा हल अगाडी रहेको कृष्णबहादुर बोयजूको घरको पाँचाैं तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ ।

नवदुर्गा मन्दिरमा एक लाखको राँगो

यस वर्षको बडादशैंका लागि नवदुर्गा मन्दिरमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खम्ये (राँगो) भित्र्याइएको छ ।

ठेचोमा नवदुर्गा जात्रा

ललितपुरको ठेचोमा बिहीबार नवदुर्गा भवानीको नाच देखाइएको छ। बिहिबार सबेरै नवदुर्गा भवानीको मन्दिर पछाडि देवगण पंक्तिबद्ध भई डबलीमा सामूहिक पूजा गरी नाच सुरु गरेका थिए। त्यसपछि नवदुर्गा मन्दिर परिसरमा भैरव, काली, गणेश, कुमारी, ब्रह्मायणी, विष्णुदेवी, महालक्ष्मी, महादेव, सिंहिनी र ब्याघि्रनी लगायतले नृत्य गरेका थिए।

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेकी छन्।

नवदुर्गा गणको देहावसान

भक्तपुर-जिवित देवता नवदुर्गा गणको देहावसानसँगै भक्तपुरको नवदुर्गा द्योछें (देवताघर)मा नवदुर्गा गणको पूजाआजा मंगलबारदेखि बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्