८ मंसिर २०८१ शनिबार
image/svg+xml

संविधान संशोधन विधेयकमाथि छलफल गर्ने तयारी

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निशान छापमा रहेको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संसद् ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि सैद्धान्तिक छलफलका लागि मंगलबारको सम्भावित कार्यसूचीमा राखिएको छ ।

संविधान संशोधनको कसीमा संघीयता

करिव ६० प्रतिशत किसानले देशको अर्थतन्त्रमा करिव ३० प्रतिशत योगदान दिँदा सोही क्षेत्रसँग सम्बन्धित कार्यक्रम र संरचना स्थानीय तहसम्म विकेन्द्रित हुनुको सट्टा ज्ञान केन्द्रका नाममा झन् केन्द्रीकृत हुनु संघीयताका लागि घातक हो।

कांग्रेस नेता भन्छन्, केन्द्रीय समितिको निर्णयअनुसार संविधान संशोधन प्रस्ताव

नेपाली कांग्रेसका नेताहरूले संविधानप्रति असन्तुष्ट मधेसी, महिला जनजातिहरूको समस्या समाधान गर्न पार्टीले विगतदेखि नै उठाउँदै आएका विषयलाई सम्बोधन गर्न संशोधन प्रस्ताव दर्ता गराएको बताएका छन्।

सबैलाई सैनिक तालिम दिनुपर्ने भन्दै संशोधन विधेयक दर्ता

गैह् सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ। सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन्। सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन्।

संघीयता नै खारेजी माग गर्दै संविधान संशोधन विधेयक दर्ता

राष्ट्रिय जनमोर्चाले संघीयता नै खारेजको प्रस्ताव गर्दै संविधान संशोधनसम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । संघीयतालाई अझ बलियो बनाउनुपर्ने आवाज उठिरहेका बेला राष्ट्रिय जनमोर्चाले संसद् सचिवालयमा बुधबार उक्त व्यवस्था नै खारेजीको माग गर्दै संशोधन दर्ता गरेको हो ।

जानकारी नै नगराई संविधान संशोधनको तयारी

राष्ट्रिय सहमति भए पनि संविधान संशोधन गर्न आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ नत्र अन्य गम्भीर विषयमा संविधान संशोधन प्रस्ताव आउँदा पनि यस्तै औपचारिकता पूरा गर्ने नजिर बस्नेछ ।

कांग्रेसका सांसदले पनि गरे संविधान संशोधनसम्बन्धी विधेयक दर्ता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तराई/मधेसबाट प्रतिनिधित्व गर्ने सांसदले संविधान संशोधनका लागि गैरसरकारी विधेयक दर्ता गरेका छन् । मधेसीवादी दलले यसअघि कांग्रेस नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्तावहरूमा केही बुँदा थप गरेर संशोधन दर्ता गराएको भोलिपल्ट मंगलबार उनीहरूले पनि संशोधन विधेयक दर्ता गराएका हुन् ।

कांग्रेस सांसदद्धारा संविधान संशोधन विधेयक दर्ता

नेपाली कांग्रेसका केही सांसदहरुले संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएका छन्। विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका सांसदहरुले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार संशोधन विधेयक दर्ता गराएको बताएका छन्।

जसपाले ल्यायो संविधान संशोधन विधेयक

संविधानसभाबाट संविधान जारी भएदेखि नै मधेसकेन्द्रित दलले असन्तुष्टि जनाउँदै आएका छन्। त्यही असन्तुष्टिको शृंखलाअन्तर्गत सोमबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दर्ता गराइएको हो।

राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता

राष्ट्रिय जनता पार्टी (राजापा) र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गराएका छन्। सोमबार राजापको तर्फबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीको तर्फबाट सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसद सचिवालयमा विधेयक दर्ता गरेका हुन्।

संविधान संशोधन विधेयक संसदमा पेश

नेपालको संविधान दोस्रो संशोधन विधेयक संसदमा पेश भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरिन्।

संविधान संशोधनमा कांग्रेसको साथ: समाजवादी पक्षमा, राजपा विपक्षमा

कांग्रेस केन्द्रीय समिति बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर जारी नक्सा समावेश गरी संविधानको धारा ९ उपधारा २ सँग सम्बन्धित अनुसूची ३ संशोधन गर्न सरकारले ल्याएको प्रस्तावका पक्षमा उभिन आफ्ना सांसदलाई निर्देशन दिएको छ।

संविधान संशोधन विधेयक आइतबार संसदमा टेवल हुने

सरकारले संसदमा दर्ता गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक आइतबारको प्रतिनिधिसभाको बैठकमा टेवुल हुने सम्भावित कार्यसुची तय गरिएको छ ।

संबिधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाई कांग्रेस निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सार्वजनिक गरेको नक्सालाई संविधानको अनुसूचीमा समावेस गर्नेगरी ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

दर्ता भएन संविधान संशोधन गैरसरकारी विधेयक

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावको गैरसरकारी विधेयक संसदमा दर्ता गराउने तयारी गरेको छ। शुक्रबार दुवै पार्टीका सांसदहरूले संयुक्त रूपमा संसद् सचिवालय पुगेर संविधान संशोधन प्रस्ताव दर्ता गराउन खोजेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्