८ मंसिर २०८१ शनिबार
image/svg+xml

सैनिक अभ्यासको निरीक्षणमा प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मध्य पृतना हे.क्वा.मा सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गरेका छन्। विहीबार उनले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, फिल्ड ट्रेनिङ्ग अभ्यासमा सहभागी भएका शिक्षार्थीद्वारा प्रस्तुत प्रदर्शनीको अवलोकन लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै अभ्यासमा भाग लिने फौजलाई सम्बोधन गरेका थिए।

सैन्य आधार तालिममा प्रधानसेनापति, २४९ प्रशिक्षार्थी बने सिपाही

प्रधानसेनापति राजेन्द्र क्षत्रीले रुपन्देहीको श्री नं.२ तालिम गणमा सञ्चालन भएको सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको मंगलबार निरीक्षण गरेका छन्।

प्रधानसेनापतिले कंगो र सुडानस्थित शान्ति मिसनको भ्रमण गर्ने

प्रधानसेनापति राजेन्द्र क्षत्रीले संयुक्त राष्ट्रसंघको आह्वानमा प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित नेपाली शान्ति सैनिक तैनाथ शान्ति मिशनको निरीक्षण भ्रमण गर्ने भएका छन्।

‘विकास निर्माणमा नागरिकसँग सहकार्य गर्छौं’ : प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले गाउँसमुदायमा आवश्यक विकास निर्माणमा नेपाली सेनाले नागरिकहरूसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।माघ २९ देखि सदरमुकाम बेसीसहरमा सुरु गरिएको दोस्रो बेसीसहर महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै क्षत्रीले उक्त भनाइ व्यक्त गरेका हुन् ।

मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छोड्दैनौं : प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सेना सधै तत्पर रहेको बताएका छन्।

प्रधानसेनापति खुला म्याराथनको उपाधि सेनाका बस्नेतलाई

प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन्। बस्नेतले २ घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन्।

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो सुरु

प्रथम प्रधानसेनापति अन्तरविद्यालय छात्रा तेक्वान्दो प्रतियोगिता–२०७४ आजबाट शुरु भएको छ। विद्यालयस्तरमा अध्ययनरत छात्राहरुहका लागि विभिन्न तौल समूहमा प्रतियोगिता आयोना गरिएको हो।

प्रधानसेनापतिले भेटे श्रीलङ्काका राष्ट्रपति

प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपला सिरिसेनासँग भेटवार्ता गरेका छन्। श्रीलंकाका सेना प्रमुखको निमन्त्रणमा श्रीलंका भ्रमणका लागि कोलम्बोमा रहेका क्षत्रीले शुक्रबार राष्ट्रपति सिरिसेनासँग भेट गरेका हुन्।

प्रधानसेनापति क्षत्री श्रीलङ्का प्रस्थान

प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्का प्रस्थान गरेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा क्षत्री बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानसेनापति किन जाँदैछन श्रीलङ्का ?

प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथ सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिद्वारा योग साधनाप्रति समर्पित हुन निर्देशन

प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन निर्देशन दिएका छन्। पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उनले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रधानसेनापति पर्सामा

प्रधानसेनापति राजेन्द्र क्षत्री पर्सा पुगेका छन् । वीरगन्जमा रहेको बरख गणको निरीक्षण भ्रमणका लागि क्षत्री पर्सा पुगेका हुन् ।

प्रधानसेनापति वीरगन्जमा

प्रधानसेनापति राजेन्द्र क्षत्री पर्सा पुगेका छन्। वीरगञ्जमा रहेको बरख गणको निरीक्षण भ्रमणका लागि क्षत्री पर्सा पुगेका हुन्।

दलको बैठकमा प्रधानसेनापति अतिथि

अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीको आइतबार काठमाडांैमा सुरु भएको महासमिति बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्री अतिथिका रूपमा सहभागी भएका छन्।

नेपाली सेना सदा संवेदनशीलः प्रधानसेनापति

नेपाली सेना जस्तो सुकै परिस्थितिमा पनि संवेदशील भई देशको सम्प्रभूता रक्षामा लागिपरेको रहेकोे प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्