९ मंसिर २०८१ आइतबार
image/svg+xml

पारसलाई क्यानको सम्मान : ७७ नम्बर प्रयोग नगरिने

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वकप्तान पारसले प्रयोग गरेको जर्सी नम्बर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रयोगमा नल्याउने जनाएको हो। नेपाली क्रिकेटमा पारसले दिएको योगदानको सम्मानस्वरूप खेल्ने क्रममा प्रयोग गर्दै आइरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

मनको क्रिजमा ‘नटआउट’ पारस

डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका ‘पारस’ले नेपाली क्रिकेटलाई सुनौलो अवस्थामा लाउन महत्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले सन्यासपछि पनि क्रिकेटका यी ‘मणि’ नेपाली मनको क्रिजमा सधैं नटआउट रहने छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नेलाई माई सेकेन्ड टिचरको १ लाख पुरस्कार

नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो।

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उडेका छन्। उनले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नेछन्।

नेपाली क्रिकेटमा हाई प्रोफाइल प्रशिक्षक

श्रीलंकालाई सन् १९९६ को विश्वकप दिलाएका अस्ट्रेलियन प्रशिक्षक डेभ ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्