१५ मंसिर २०८१ शनिबार
image/svg+xml

छाया साथी

हिँडेपछिसँगै हिँड्छे, बस्यो भने बस्छे, कैलेकहीँ झुक्किएर आफैँभित्र पस्छे ! दिउँसो–दिउँसो दौडिरन्छे, थकाइ मार्छे राति, मजस्तै छ, म जत्रै छ, मेरो मिल्ने साथी!

भूकम्पको झट्का

घरमा गर्भवती नौली महिलाले घरधन्दा गरेको देखेर शान्ता छक्क परिन् । उनले सासू आमालाई सोधिन्– आमा, उहाँ को हो ?’ सुभद्राको किरणकी कान्छी भन्ने जवाफले शान्ता छाँगाबाट खसेजस्ती भइन् । उनलाई सहस्रौं भूकम्पका झट्काले मुटु हल्लायो । उनी थचक्क भुइँमा बसिन् ।

हरेक फूलको हृदयमा हुन्छिन् नेपाल आमा

सुन्दर, शान्त देश, एकता मिलाप सबै,समृद्धि हित सपना, बुन्छिन् नेपाल आमा। चार जात छत्तिस वर्ण सुन्दर बगैचामा, हरेक फूलको हृदयमा, हुन्छिन् नेपाल आमा।

‘सोचेजस्तो हुन्न जीवन’ रानीलाई मन परेको थियो

त्यो बेला रानीको जन्मोत्सवका अवसरमा नयाँ गीत आउने गथ्र्यो। ०४४ कात्तिकमा रानीको जन्मोत्सव पारेर मेरो यो गीत आएको हो। त्यो बेला धेरैजसो गीत तारादेवीको स्वर, नातिकाजीको संगीत र चाँदनी शाह (रानी ऐश्वर्य) कै गीत हुने गर्दथ्यो, त्यसकारण धेरैलाई यो चाँदनी शाहकै गीत हो भन्ने भ्रम पनि रहेछ।

पीडा

लक्ष्मी, तिमी चौबिस क्यारेटको नम्बरी सुन हौ। तिम्रो मालीले हाम्लाई बेचेर आफ्नो बाटो लागे। अब तिम्रो काम ग्राहक रिझाएर धनको वर्षा गराउने हो । भाग्न खोजे तिम्रो हाँगाबिँगो छिमोलेर निर्वस्त्र गराइनेछ। साहुको कथनले मुटु नै छेड्थ्यो मेरो।

योगदान

पानी मन्त्रीले गर्वसाथ छाती फुलाएर भाषण दिँदै थिए – हेर्नुस् नगरबासीहरू , हामीले अथक मिहिनेत गरेर यो महत्त्वपूर्ण काम पूरा गरेका छौँ । हाम्रो महत्त्वपूर्ण योगदान छ । हामी फेरि अर्को पाँच वर्षमा अर्को नदीको पानी ल्याएर नगरबासीहरूलाई पौडी खेल्न पुग्ने बनाउने छौँ।

ममताको छाती पिलाउने आमा

बिगारेर आफ्नै बरु रूपरंग, मलाई नै पोषण दिलाउने आमा। बिर्सी जिन्दगीका घाटा अनि नाफा, बही खाता मेरै मिलाउने आमा। भुलेर हिजो अनि आज र भोलि, मभित्रै पो जम्मै बिलाउने आमा।

घुर्ने मान्छे

यसरी न दिनमा न रातमा निन्द्रा भएपछि उसलाई खानामा अरुचि हुन थाल्यो। पेट दुख्नुका साथै ग्यास्ट्रिक पनि बढ्न थाल्यो । त्यसपछि टाउको दुख्ने, आँखा सुन्निने र आँखाको वरपर चिलाउने आदि समस्या बढ्दै गयो। त्यस्तो अवस्थामा ऊ ड्युटी जान सकेन । उसले कुन दिनमा घरबाट हिँडिएछ भन्दै ऊ नुन खाको कुखुराजस्तो झोक्राएर बस्थ्यो । अनि आफूले आफैलाई मनमनै सराप्थ्यो।

मुस्कान

मैले बल्ल श्रीमतीले त्यत्तिबेला गुनगुन गरेको बुझ्दै थिएँ –शारदा र देवर बाबु शहरबाट हप्तादश दिन बिराएर घरमा आउँदा बुबाआमाको अनुहारमा कस्तो मुस्कान आउँछ । हामीलाई दिनदिनै देखेर त होला उहाँहरूको अनुहारमा मुस्कान नआएको! मँ पनि उहाँहरूको अनुहारमा मुस्कान देख्न चाहन्छु । चाहे यो बसाइ जस्तोसुकै कठिन किन नहोस् ।

चिसो जून

तर, दुर्भाग्य उनी थलिइन् । डाक्टरले क्यान्सर भन्यो । किमो दिन थालियो । उनको कपाल झर्यो । दाँत झर्यो । उनी खाली पोल्योपोल्यो भन्थिन् । क्यान्सरले उनलाई मात्र सिध्याएन, सबै सम्पत्ति स्वाहा पार्यो ।

भोक

दशा मन्छिएको सामान केही पनि लिनु हुन्न है। दशा सर्छ। दोबाटोमा कालो भाले पनि मन्छिनुपर्छ। त्यसको मासु पनि नखानू। त्यो भाले मैले लिएर गएँ भने मात्रै यहाँ बिरामीको भलो हुने साइत छ।’

फोनको घण्टी

बा कहाँनिर हुनुहुन्छ। म धेरै नै आत्तिइसकेको थिएँ। कतै देख्दिनँ। मनमा शङ्का लागेर आयो, बा बितिसक्नु त भएन? मन कहालियो। मैले नजिकै गएर नर्सलाई सोधे –यहाँ केही समयअघि हर्टअट्याक भएर ल्याएको बिरामी कहाँ हुनुहुन्छ सिस्टर?

यादहरूमा बिथोलिन्छु

मनमा कतै कुरा खेल्छ अनिदोमा छटपटिन्छु , निदाउन खोज्दाखोज्दै यादहरूमा बिथोलिन्छु। आफ्नो होइन आफ्नो जस्तो सम्झनामा उनी मात्र, नमेटिने तिर्खाजस्तो उनको रूपको तृष्णा मात्र।

हामी यहाँ सधैं महामारीको डरमा छौं

हामी यहाँ सधैं महामारीको डरमा छौं , मस्त निदाएको सरकारको भरमा छौँ । सरकार कर असुल गर्ने कुरा मात्र गर्छ, बेरोजगार हामी चुकुलबन्द घरमा छौं ।

जीवन हाँसोले भर्नुपर्छ

दुखै दुखले मात्रै होइन जीवन हाँसोले भर्नुपर्छ, आफ्ना लागि मात्रै होइन अरूका लागि गर्नुपर्छ। मरी लानु के छ र ? बुझे दुई दिनको यो जिन्दगीमा, सांसारिक माया छोडी एकदिन परलोक सर्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्