मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन उपप्रधानमन्त्री पाेखरेलकाे आह्वान
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान गरिवी र पछौटेपन बदल्ने गरी काम गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणपछि चर्चामा आएको ‘रामायण सर्किट’ विस्तार र विकासका लागि प्रदेश २ सरकार अग्रसर भएको छ। प्रदेश विकासका प्रमुख तीन आधार कृषि, उद्योग र धार्मिक पर्यटन सरकारको प्राथमिकतामा छन्। धार्मिक पर्यटन क्षेत्रको मूल आधारका रूपमा जनकपुरको जानकी मन्दिरलाई लिइएको छ। रामायणमा उल्लेख भएअनुसार प्राचीन मिथिलाको राजधानी जनकपुरधामदेखि भारतको अयोध्यासम्मको प्रसिद्ध धार्मिक स्थानमा भौतिक पूर्वाधार विकास गर्नु रामायण सर्किटको उद्देश्य हो।
सामान्यतया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन्। शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा पनि उनी परिचित हुन्। यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उनीसँग छ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुग्दा समेत सरकारले दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै नेपाल बिद्यार्थी संघले खोटाङमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेको छ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा पत्रकार सम्मेलन गरे। सरकारका प्रवक्ता बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरु क्रमशः सार्वजनिक गरे। सञ्चारकर्मीले प्रश्न सोधे, ‘रअका प्रमुखसँग नेपाली नेताहरुको भेटवार्ता परराष्ट्र मन्त्रालयको जानकारी विना कुटनीतिक मर्यादा विपरित भयो भन्ने आएको छ नी? प्रधानमन्त्रीले भेटेको कुरा के हो?’
तिला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ३१ लाख बजेट फ्रिज गएको छ। समयमै सरकारले खटाएका रोजगार संयोजक नपुगेको र गाउँपालिकाले पनि लापरबाही गरेकाले बजेट फ्रिज भएको हो।
बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन्।
बेलायती महारानी एलिजाबेथले कञ्जरभेटिभ पार्टी दलको नेता बोरिस जोन्सनलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा प्रधानमन्त्री मन नपरे फेर्न पाइने बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनसँग बुधबार भएको भेटमा उनले लोकतन्त्रमा प्रधानमन्त्री फेर्न मिल्ने बताएका हुन्।
परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टी पंक्तिलाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले आफ्नो तीनवटा प्राथमिकता रहेको बताए।
चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ। उनी ९१ बर्षका थिए।
हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गरेका हुन्।
रुपन्देहीका रोहिणी गाउँपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गएको छ। सरकारले बेरोजगारी न्यून गर्ने उद्देश्यसहित ल्याएको कार्यक्रम लागू हुन नसकेपछि गाउँपालिकाका बेरोजगार निराश भएका छन्। संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पठाएको २० लाख रुपैयाँ खर्च गर्न नसकेपछि फिर्ता गएको हो।