१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘अर्को निर्वाचनसम्म मै हुँ प्रधानमन्त्री’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अर्को संसदीय निर्वाचनसम्म प्रधानमन्त्रीमा रहने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रह गरे। ‘प्रधानमन्त्री लगलग कामेका छन्, जाने भए भनेको सुनें,’ ओलीले भने, ‘पद नगएको राजा, महाराजा, प्रधानमन्त्री दुनियाँमा कोही छैन, मलाई आगामी निर्वाचनपछि बस्न मन छैन।’

प्रधानमन्त्री ५ गते सिंगापुर जाने

प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ५ गते थप उपचारका लागि सिंगापुर जाने भएका छन्। करिब एक साताअघि सिंगापुरमा स्वास्थ्य उपचार गराएर फर्किएका प्रधानमन्त्री ओली ‘फलोअप’ का लागि जान लागेका हुन्। बालुवाटार स्रोतका अनुसार यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहबमोजिम ओली सिंगापुर जान लागेका हुन्।

चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउछु भन्ने नसोचे हुन्छः प्रधानमन्त्री ओली

'ति शक्तिहरु जिउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौं। अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ। यो बेमौसमी बाजा नबजाए हुन्थ्यो।’

‘नागरिक सुस्त भए सरकार पनि सुस्त हुन्छ’

नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका निम्ति सबै एकजुट हुन आह्वान गरेका छन्।

प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि स्थगित भएको छ।

माेदीले भने 'एक देश, एक निर्वाचन'

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब 'एक देश, एक निर्वाचन'को अवधारणा लागू हुने बताएका छन्।

हँसिलो मुहारका साथ फर्किए प्रधानमन्त्री ओली, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन्

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्किएका छन्। प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्केका हुन्।

कर्मचारीलाई सुधार्न ‘आस र त्रास’ दुवै नीति अवलम्बन गर्नुपर्छः भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कर्मचारी प्रशासनलाई सच्याउने गरी कडा कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

एक सय एक्काइस तुइन विस्थापन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ। सरकारले तुइन विस्थापन गर्ने योजनाअनुसार १२१ वटा तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए।

प्रभावकारी प्रधानमन्त्री

प्रधानमन्त्री रोजगार कार्यक्रम किन फितलो बनाइयो ? ज्याकेट र टोपी बनाउन लगाउनेदेखि त्यसको कार्यक्रम डिजाइन गर्नेसम्मलाई जवाफदेहिताको घेरामा उभ्याउँदै कारबाही गर्न सक्नुपर्छ।

सरकारका प्रवक्ता भन्छन्ः प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्नु हुन्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन्।

श्रमदानले हुने काममा साढे २ अर्ब खर्च

गत आवमा पाँच सय ९९ स्थानीय तहले ६ हजार आठ सय ६४ कार्यक्रममा संलग्न भएर सरसफाइ, नाला मर्मत र झार टिपेबापत एक लाख ७५ हजार नौ सय नौजनालाई साढे २ अर्ब रुपैयाँ भुक्तानी दिएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिव १ लाख ७६ हजारले रोजगारी पाएको दाबी

सरकारले 'प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ।

बारम्बार ढिलासुस्ती गरे कारवाही: प्रधानमन्त्री

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयहरूको वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यसम्पादन सम्झौता बैठकलाई प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई आवश्यक निर्देशन दिएको बताए।

वैद्यखानामा छड्के अनुगमन

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयको आज छड्के अनुगमन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्