१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीलाई गगनको आग्रह : धपेडी नगर्नुस्, अब विश्राम लिनुस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद् बैठक संञ्चालन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम लिन आग्रह गरेका छन्।

दोस्रो पटक भिडियो कन्फ्रेन्सः ओलीले भने ‘मेरो स्वास्थ्य राम्रो छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फ्रेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्। मृर्गौलाको उपचार गर्न सिंगापुर रहेका प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग मन्त्रालयका काम कार्वाहीबारे आवश्यक छलफल गरेका हुन्।

जर्जियाका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

जर्जियाली प्रधानमन्त्री मामुका बाख्ताजीद्वारा सोमबार पदबाट राजीनामा दिन लागेको फेसबुकमार्फत घोषणा गरेका छन्। रूससँगको निकट सम्बन्ध र अन्य बेथितिलाई सडकबाट उठाइरहेका सरकार विरोधी प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई सशक्त बनाउँदै लगेका समय प्रधानमन्त्रीको राजीनामा घोषणा भएको हो।

कांग्रेस सभापति देउवाद्वारा तीजको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ।उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताए छ।

बेलायती प्रधानमन्त्रीविरुद्ध हजारौंको प्रदर्शन

संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन्।

‘अमेरिकी राष्ट्रपति र हाम्रो प्रधानमन्त्रीबीच भिडियो कन्फ्रेन्स हुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो। प्रश्न नगरौं’, उनले भने।

आफ्नै भवन हुँदाहुँदै मासिक २७ हजार तिरेर कार्यालय भाडामा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिमी जोन कार्यालयका लागि साविकको जिल्ला कृषि विकास कार्यालयका आफ्नै तीन वटा भवन हुँदाहुँदै अर्को घर भाडामा लिएको पाइएको छ।

‘प्रधानमन्त्रीमा एन्टीबडीको मात्रा बढी देखियो, औषधिले काम नगर्दा सिंगापुर जानुपर्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिलीप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले ओली थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन्। उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए।

इश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेकाले उनकाे अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेका छन्।

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। ओली बिहीबार दिउँसो थाई एयरबाट स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर गएका हुन्।

अब्दल्ला हाम्डोक सुडानका नयाँ प्रधानमन्त्री नियुक्त

सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले सपथ लिएका छन्।

एकताका बाँकी काम प्रचण्डको अध्यक्षतामा

प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको थियो। सहमति पछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य

बुधबार गृहमन्त्रालयमा बसेको संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले विरोधीले आफूलाई ‘मरी हालोस्’ भनेर प्रचार गरेको गुनासोसमेत गरेका छन्। साथै उनले आलोचकहरूलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौतीसमेत दिएका छन्।

नेताको उपचार विदेशमा, सर्वसाधारण शय्या नपाएर हैरान

देशका प्रधानमन्त्रीलगायत नेताहरु बिरामी पर्दा विदेशका अस्पतालमा गइरहँदा दुर्गम रोल्पाका बिरामी भने अस्पतालमा शय्या नपाएर भुइँमा सुतेर उपचार गराउन बाध्य छन। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न राज्यका निकायबाट चासो दिइएको छैन।

सांसदको प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन? सिंगापुर नै जानुपर्ने?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको स्वास्थ्य उपचार नेपालमै गर्नसकिने व्यवस्था मिलाउन माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सुवालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग प्रश्न गरे, ‘के प्रधानमन्त्रीको स्वास्थय उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र? सिंगापुर नै जानुपर्ने?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्