८ वैशाख २०८१ शनिबार

बयान पछि चौधरीले भनेः मलाई लिएर केही व्यक्तिहरू राजनीतिक स्टन्ट गर्दैछन्

उद्योगपति एवं सांसद विनोद चौधरीले ममाथि राजनीतिकरण भइरहेको बताएका छन्।

ललिता निवास फैसला: गृहमन्त्रीले दिए अदालत र न्यायाधीशहरूलाई धन्यवाद

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन। गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आधार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

नेतालाई उन्मुक्ति, कर्मचारी–व्यापारीलाई सजाय

विशिष्ट व्यक्तिहरू जोडिएको र ७० को दशककै चर्चित मुद्दा ललिता निवास जग्गा प्रकरणमा राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिँदै पूर्वकर्मचारी, बिचौलिया र जग्गा खरिदकर्तालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकालाई रिहा गर्ने आदेशप्रति उपप्रधानमन्त्री श्रेष्ठको असन्तुष्टि

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतका ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

टीकापुरमा सरकारी जग्गा व्यक्तिको नाममा बनाउने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुर सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा संलग्न तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेत २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

थप चेकजाँचका लागि चौधरी र थापालाई ग्राण्डी अस्पताल लगियो

बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्राण्डी अस्पताल लगिएको छ।

पक्राउ परेका व्यक्ति अस्पताल भर्ना हुँदा पनि बेखुसी छन् सर्वसाधारण

‘यो नाटक हो, जेलको चिसोमा सुत्नुपर्ला भनेर भिआइपी अपराधी बनेको,’ सामाजिक सञ्जालमा वासुदेव अधिकारी लेख्छन्, ‘धनीलाई जेल जानबाट बच्न तुरुन्तै समस्या सिर्जना हुँदो रहेछ, धन्यवाद डाक्टर साप।’

यी हुन् हिरासत छल्न अस्पताल भर्ना हुने ‘भिआइपी’हरू

पक्राउ परेपछि यी व्यक्ति एकाएक बिरामी भए। र, अस्पताल भर्ना भए। थापालाई मुटुको समस्या र चौधरीलाई सुगर/प्रेसरको समस्या रहेको भन्दै उनीहरूलाई बसुन्धारास्थित चिरायु अस्पतालमा भर्ना गरिएको हो।

ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सिआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन भोली मात्र बुझाउने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको किर्ते तथा संगठित अपराधको अनुसन्धान प्रतिवेदन भोली मात्रै सरकारी वकिल कार्यालयमा जाने भएको छ।

सरकारी वकिलको रोहबरमा नेपाल र भट्टराईसँग बयान लिइने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ।

ललिता निवास प्रकरण: माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो (आदेशसहित)

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ।

न्यायाधीश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी

ललितानिवास जग्गा प्रकरणमा प्रहरीले न्यायाधीश विनोदकुमार गौतमलाई पक्राउ गर्न अनुमति लिन जाँदा अदालतले पक्राउ पुर्जी दिएन। ‘उहाँलाई अनुसन्धानको दायरामा ल्याउन सिआइबीले पक्राउ अनुमतिपत्र लिन खोजेको थियो तर अदालतले उहाँको हकमा अनुमति दिएन,’ सिआइबी स्रोतले भन्यो।

ललितानिवास प्रकरणमा पक्राउ परेका राउतलाई थुनामुक्त गर्न आदेश

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।

राय दिने न्यायाधीशलाई उन्मुक्ति

चर्चित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानुन विभागका उपसचिव हालका न्यायाधीश विनोदकुमार गौतमलाई उन्मुक्ति दिएर उनकै रायका आधारमा टिप्पणी उठाउने तत्कालीन अधिकृत एवं हालका सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्