पर्यटक पर्खाइमा फेवाका डुंगा चालक
लामो समयपछि डुंगा चलाउन पाएकोमा चालक मख्ख छन्। सोचेजसरी पर्यटक नआउँदा भने उनीहरू खिन्न छन्। पोखरा सराङकोट घर भएका चालक लक्ष्मण परियार भन्छन्, ‘डुंगा चलाउन बन्द हुँदा हाम्रो रोजीरोटी पनि बन्द थियो। खुलेपछि अलिकति भए पनि सहज भएको छ तर कमाइ खासै छैन।’ अहिले नाफा नभए पनि पर्यटक आउने आशामा डुंगा सञ्चालन गरिरहेको उनको भनाइ छ।