११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

घरभित्रै बसौं, कोरोनाबाट बचौं

कोरोना महामारीबाट बच्न लकडाउनको पालना गरौं । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएका सुझाब मनन गरौं ।

सुदूरपश्चिममा ह्वात्तै बढ्यो जोखिम

चैतको तेस्रोसाता कैलाली र कञ्चनपुरका पाँचजनामा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिदा सुदूरपश्चिम प्रदेशभर सन्त्रास बढ्यो । भारतबाट करिब डेढलाख नेपाली भित्रिएका थिए । उनीहरु स्वास्थ्य परीक्षणबिनै गाउँगाउँ पसेका थिए । जसको जोखिमले जनस्तर त्राहिमाम थियो ।

उज्यालो दिनको पर्खाइमा...

कोभिड–१९ ले घरपरिवारका सबै सदस्य पर्यटक जत्तिकै महत्वपूर्ण हुन् भन्ने पाठ सिकायो । परिवारलाई हिजोसम्म दिन नसकिएको समयको कुरा गर्दा आज व्याज सहित दिइँदैछ ।

रोहिणीमा देखिए कोरोना संक्रमित

रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजिटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ वर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

अस्पताललाई वेलफेयरको स्वास्थ्य सामग्री

ब्रिटिस गोर्खा वेलफेयरले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य सामग्री (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनका लागि वेलफेयरले जिल्ला अस्पताललाई सर्जिकल मास्क, गाउन, ग्लोव्स, मास्क लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

‘कन्ट्रयाक ट्रेसिङ बिनै परीक्षण गरे भबिष्यमा आउने जोखिममा उपचार सामग्री अभाव’

भबिष्यमा आउन सक्ने कोरोना संक्रमणको सम्भावित भयाभह रुपलाई अहिले कायम रहेको स्रोत र शक्तिले कसरी थेग्ने ? यसलाई मध्यनजर गर्दै १ नं प्रदेश सरकारले संक्रमण खोजपड्ताल र सम्पर्क पहिचान सम्बन्धी अभियान सुरु गरेको छ ।

डडेल्धुरामा पहिलो पटक एक जनामा कोभिड–१९ भएको पुष्टि

डडेल्धुरामा पहिलो पटक एक जना स्थानीयमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । ज्वारो आएपछि डडेल्धुरा अस्पताल पुगेका एक जनाको स्वाब जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनायो ।

प्रकृतिमा आधारित समाधान खोजौँ

जलवायु परिवर्तन र कोभिड–१९ बीचको अन्तरसम्बन्ध त अझै परिभाषित भइसकेको छैन तर जलवायु परिवर्तन र कोभिड–१९ को बीचमा सम्बन्ध नै छैन भन्न सक्ने अवस्था पनि छैन।

बजेटमा समावेश हुनैपर्ने पक्ष

लकडाउनअघि विकास बजेट करिव २५ प्रतिशत खर्च भएको र राजस्व ५० प्रतिशत मात्र उठेको अवस्थामा अर्थतन्त्र सन्तुलित हुने गरी आगामी बजेट घोषणा गर्नु ठूलै चुनौती छ।

बन्दाबन्दी नहोस् फन्दाफन्दी

सुरक्षा फौजले लगाउने बर्दीले कोभिड–१९ नामक भाइरस पटक्कै डराउने छैन। यसरी संक्रमित भएर ठूलो संख्यामा सुरक्षा फौज बस्नुप-यो भने झन संकट आउनेछ।

ताप्लेजुङमा ४ सय ४१ जनाको आरडीटी परीक्षण, सबैको रिर्पोट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को आशंकामा ताप्लेजुङमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४ सय ४१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ अर्थात् सङ्क्रमण नभएको पाइएको छ। चैत महिनायता भारतसहित तेस्रो मुलुकबाट र देशकै बिभिन्न स्थानबाट जिल्ला भित्रिएकाहरुको आरडीटी गरिएको थियो। अहिले सम्म ४ सय ४१ जनाको आरडीटी र १५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

पोखरामा सवारी चाप बढ्दो (फोटो फिचर)

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणको लागि सरकारले चैत्र ११ गतेबाट देश लकडाउन गरेको छ।  लकडाउनको समय लम्बिदै जाँदा देशमा कोरोना संक्रमित समेत बढेको बढेको छ।  गण्डकी प्रदेश सरकारले भने लकडाउन खुकुलो बनाउँदै जादा पोखरामा भने सवारी चाप बढेको पाइन्छ।

कोरोना रोकथामका लागि चीनले दियो ४० हजार थान पीसीआर किट

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरेकी छन्।

खोटाङमा ११ महिने शिशुसहित ३ जना होम क्वारेन्टाईनमा, ६ जना क्वारेन्टाईनमा

जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बिराटनगरबाट गाडी रिजर्भ गरेर आएका ३ जनालाई होम क्वारेन्टाईनमा र ६ जनालाई क्वारेन्टाईनमा राखेको छ। जिल्ला प्रशासन कार्यालय मोरङबाट अनलाईन सवारी पास लिएर गाउँ आइपुगेका ११ महिने शिशु सहित ९ जनालाई अवस्था हेरेर क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्रिएको रातो प्लेट भएको जीपलाई नियन्त्रणमा लिएर चालक तथा यात्रुलाई आईतबारदेखि १४ दिनका लागि क्वारेन्टाइन र होमक्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्