११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रतिरक्षा प्रणाली, खोप र कोभिड–१९

अहिलेको रफ्तार हेर्दा भ्याक्सिन बन्नुअघि नै कोरोना भाइरसले संसारका सबै मानिसलाई संक्रमण गर्न भ्याउला जस्तो देखियो।

कोरोना विरुद्धको कोषमा जापानबाट राईको एक लाख सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको कोषमा एकजना दाताबाट एक लाख रुपैयाँ सहयोग जम्मा भएको छ ।

स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

उनले संक्रमितको संख्या सोचेभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको जनाए ।

कोभिड–१९ विरुद्धको अभियानमा ताप्लेजुङका स्थानीय तहको २ करोड ६५ लाख बढी

ताप्लेजुङका स्थानीय तहले कोभिड–१९ का विरुद्धको अभियानमा क्वारेन्टिन निर्माण, व्यवस्थापन, राहत वितरण र स्वास्थ्य सामग्रीसहितको खरिदका लागि २ करोड ६५ लाख ५७ हजार ६६४ रुपैयाँ बराबर खर्च गरेका छन् ।

उपचारमा सघाउँदै संक्रमित स्वास्थ्यकर्मी

विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा धनकुटाका चार जना स्वास्थ्यकर्मी उपचाररत छन् । आफैं उपचारका लागि आएको भए पनि उनीहरू अस्पतालमा बिरामी बनेर बसेका छैनन् ।

ऐसेलुखर्कमा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा थप पाँच जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार ५३ जनाको आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक एबं कोभिड–१९ सूचना अधिकारी रामकाजी नेपालले बताए ।

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६० लाखभन्दा बढी, तीन लाख ६७ हजारभन्दा बढीको मृत्यु

शनिबारसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६० लाख ६९ हजार पुगेको प्रभावित मुलुकहरूका स्वास्थ्य मन्त्रालय तथा सम्वद्ध संस्थाहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

लकडाउनले गर्दा सुदीपको यूएईमै दाहसंस्कार

यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको यूएईमै दाहसंस्कार गरिएको छ । भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमै दाहसंस्कार गरिएको हो ।

मृतक छोराको नाममा कोरोना विरुद्धको कोषमा रकम जम्मा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका पदमकुमार राईले मृत छोराको नाममा कोरोना भाइरस विरुद्धको कोषमा रकम जम्मा गरिदिएका छन् ।

‘२६ दिनमा पनि घर पुगिएन’

खोटाङबाट भारतको आगरा पुग्न वा आगराबाट फर्कन गाडीमा दुईदेखि तीन दिन लाग्छ । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण आगराबाट मे २ तारिख (बैसाख २० गते) हिँडेका केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राई हालसम्म घर आइपुग्न सकेका छैनन् ।

सिर्जनात्मक बन्दाबन्दी

लकडाउनमा मेरा ९ वटा रचना प्रकाशन भैसकेका छन् । म रचना तयार गर्छु तर प्रकाशन होला कि नहोला भनेर कहिल्यै चिन्ता गर्दिनँ ।

कोभिड–१९ र हाम्रो आकस्मिक स्वास्थ्य सेवा

कोभिड–१९ जस्तो महामारी र आपत्विपत्का बेला कुन सेवा कसले सञ्चालन गर्ने र स्रोत र साधनको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा प्रस्ट पार्न सरोकारवाला सबैको सहभागितामा निर्देशिका तयार पारी लागु गर्नुपर्छ ।

गण्डकी प्रदेश, सरकारद्वारा विनियोजन विधेयक पेस

गण्डकी प्रदेशले कोभिड–१९ को महामारीकै समयमा आफनो आगामी वर्ष अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बुधबार आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक २०७७ बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता सभामा पेश गर्दै अस्पताल निर्माणको लागि विशेष ध्यान दिइने बताए ।

नारायणीलाई पुनः ‘जेनरल’ अस्पताल बनाइँदै

लामो प्रतिक्षापछि नारायणी अस्पताल अब पुनः‘जेनरल’ अस्पताल हुने भएको छ। नारायणीलाई कोभिड अस्पतलाल बनाइएपछि वीरगन्ज क्षेत्रमासामान्य बिरामीका लागिपनिउपचार सेवा पाउन कठिनाइ भएको थियो।

आठ दिन पहिले निधन भएका ब्यक्तिमा कोरोना पुष्टि

वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विरामीको दोस्रो परीक्षण कोभिड–१९ रिपोर्ट पनि पोजेटिभ भएको आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्