११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना कहरः चीन महाशक्ति बन्न सक्छ?

कोभिड–१९ महामारीबीच ‘एन्टी अमेरिकन’ र ‘प्रो चाइनिज’ समूहरुले विश्वमा चिनियाँ प्रभूत्व कायम होस् भन्ने चाहन्छन्। महामारीका कारण अमेरिकी प्रभाव कमजोर देखिए पनि चीनले एकल वर्चश्व कायम राख्न स्वयं चीनका लागि पनि त्यति सजिलो छैन।

खानामार्फत कोभिड–१९ संक्रमण !

जनस्तरमा कोभिड–१९ संक्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादनबाट कोभिड–१९ को भाइरस एक इलाकाबाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्नुपर्छ।

दक्षिण एसियामा कोभिड–१९ प्रभाव बढ्दो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

किसानको चमेली सुन्दिने कोही छैन

कोभिड–१९ महामारीले किसान झनै समस्यामा छन्। बल्लतल्ल ऋणधन जोहो गरेर लगाएको तरकारी अहिले बिक्री गर्न सकिएको छैन। महामारीका कारण तरकारीको माग त्यसै पनि खुम्चिएको छ। किसानले उचित मूल्य पाउन सकेका छैनन्। त्यसमा पनि कोरोना भाइरस सर्ने भन्दै एक ठाउँको उत्पादन अर्को स्थानमा लैजान अवरोध गरिन थालेको छ।

सिरहामा २ जना संक्रमित थपिए, ४९ पुग्यो संख्या

शनिबार साँझ सिरहाको भगवानपुर गाउँपालिकाको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बालासुन्दरी माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेका १७ वर्षीय दुई जना युवामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले बताए ।

लकडाउनको ७५ औं दिन : उपत्यकामा सवारी चाप बढ्याे

सरकारले जारी गरेको लकडाउनको आज ७५औं दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।

हवाई उडानमा कोभिड–१९ प्रभाव

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ।

उदयपुरका पत्रकारसहित ४ जना कोरोना जितेर घर फर्के

कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ३ जनाको पछिल्लो दुईपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

उदयपुरमा विहान ६ देखि ११ बजेसम्म पसल खुल्ला

कोरोना भाइरस (कोभिड–१९) बाट बच्न देशभर झण्डै अढाई महिनादेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्ने चौतर्फी आवाज उठिरहेका बेला उदयपुरमा सहज बनाउने तयारी गरिदैछ । कोरोना कहरमा ७१ औं दिनदेखि जारी लकडाउनको स्थानीयले स्वतः अवज्ञा गर्न थालेपछि केही खुकुलो पार्ने विषयमा छलफल अघि बढाइएको हो ।

कस्तो होला कोरोनापछिको पर्यटन ?

विकसित राष्ट्रले व्यवसायीलाई राहतको प्याकेज ल्याइसकेका छन् । हामी पनि राज्यबाट केही सान्त्वना लिन चाहन्छौ । व्यवसायीलाई परेको संकटमा सरकार बोल्नै पर्छ ।

तीन-चार दिनको बाटो पार गर्न २७ दिन

गाडीमा चढेर यात्रा गर्दा खोटाङबाट भारतको आगरा बढिमा तीन-चार दिनको बाटो हो । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राईलाई आगराबाट गाउँ आइपुग्न २७ दिन लागेको छ । गत मे २ तारिख (बैसाख २० गते) आगराबाट हिँडेका राजु जेठ १६ गतेका दिन बाक्सिला आइपुगेका छन् ।

‘आइसोलेसन’ बेडबाट भगवान पुकार्दै युवक

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ जिल्ला कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसनमा भर्ना गरियो । अस्पताल पुगेका उनीहरुलाई झुल, साबुन, पानीको बोतल, चाउचाउ र विस्कुटको एक एक प्याकेट दिएर आइसोलेसनमा भर्ना गर्‍यो ।

लकडाउनमा प्रयोग हुने जीपको रिजर्भ दर निर्धारण

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनकाक्रममा उपयोग हुने जीपको रिजर्भ दर निर्धारण गरेको छ ।

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

कर्णालीले मास्क फेर्न पा’छैन

कोभिड–१९ अर्थात् कोरोना भाइरस छिमेकी मुलुक चीनबाट सुरु भइ विश्वभरि फैलिँदै थियो। नेपालमा त्रास बढ्दो थियो। जब भारतमा कोरोना प्रवेश ग-यो तब नेपालमा त्रास एकाएक बढ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्