११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उदयपुरमा थप ५ मा कोरोना पुष्टि

उदयपुरमा भारतबाट घर फर्कनेहरुमा धमाधम कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुने क्रम जारी छ । आइतबारसम्म कोरोना पुष्टि भएका ५२ संक्रमितमध्ये पछिल्लो पटक थपिएका १९ जना सबै भारतबाट फर्केकाहरु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

‘असोजमा कोरोना नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएका हौं’

गण्डकी प्रदेश सरकारले असोजमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएको जनाएको छ ।

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको त्याहाँकाे स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

कांग्रेसद्वारा संसद् अवरुद्ध

सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि नबढाएको भन्दै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । बिहीबार दर्ता गराएको कोभिड–१९, अर्थात् कोरोना भाइरस सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा माथि छलफल अगाडि बढाउनुपर्ने नेपाली कांग्रेसको माग छ ।

आइसोलेसन कक्ष अभाव हुने देखियो

कोरोना संक्रमित बढ्दा आइसोलेसन कक्ष भरिन थालेका छन् । बिस्तारै देखिन थालेका संक्रमित ह्वात्तै बढ्न थालेसँगै केही दिनमै आइसोलेसन कक्षको चरम अभाव हुने देखिएको छ ।

के सिक्नु भयो त ?

कोरोना महामारीबाट विश्व गुज्रिरहेको छ । सरकारले स्कुलहरू नखुलाउनुको कारण हाम्रा भविष्यका सुनौला फूलहरूलाई केही असर नपुगोस् भनेर नै हो । यसलाई तपाईंहरूले पक्कै सकारात्मक रूपमा लिनुभएको छ ।

सीमा सिल, तस्करी जारी

कोरोना भाइरस (कोभिड–१९)को बिश्वब्यापी त्रासबीच नेपाल र भारत दुबै देशमा लागू भएको लकडाउन बिस्तारै खुकुलो हुने क्रममा रहे पनि सीमा भने अझै सिल नै रहेको छ । गत चैत ११ गतेदेखि जारी लकडाउनसंगै सीमा बन्द भएको कारण नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ब्यपारिक कार्गो बाहेकको आवागमन बन्द रहेको अवस्थामा तस्करी भने रोकिएको छैन ।

कोभिड–१९ प्रभावित व्यवसायीलाई करमा सहुलियत दिइने

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम मार्फत कोभिड–१९ को कारणले प्रभावित भएका महानगरभित्रका संचालित होटेल, रेष्टूराँ, सपिङ्गमलहरु, डे/नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति अघि सारेको छ।

पत्रकारलाई प्रेस ज्याकेट

नेपाल प्रेस यूनियन खोटाङले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई यूनियनले प्रेस लेखिएको ज्याकेट प्रदान गरेको हो । राजनीतिज्ञ एबं ईन्जिनियर धर्मराज पोखरेलको प्रायोजनमा यूनियनले ३२ हजार मूल्य बराबरको २० थान ज्याकेट प्रदान गरेका हुन् ।

आइसोलेसनका लागि स्वास्थ्य सामग्री

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभागले रोल्पा सदरमुकाममा स्थापना गरिएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ र रोल्पा अस्पतालका लागि ठूलो मात्रामा बिभिन्न स्वास्थ्य सामाग्री पठाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पा अस्पताल र जिल्ला प्रसाशन कार्यालयमा पठाइएका उक्त सामग्री प्रतिनिधि सभा स्वास्थ्य तथा जनसंख्या समिति सभापती जयपुरी घर्तीले एक औपचारीक कार्यक्रमका बीच हस्तान्तरण गरेकी हुन् ।

बागमती प्रदेश बजेट : ५१ अर्ब ४२ करोड विनियोजन

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट पेस गरे ।

एकजनाकाे कोभिड–१९ उपचारकाे बिल झण्डै १४ करोड

एक पटक उनको अवस्था अति नाजूक भएको थियो। अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए।

कोरोना परीक्षणको दायरा बढाइँदै

कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरस परीक्षणको दायरा बढाउन लागिएको छ । संकलन गरिएका स्वाब परीक्षणमा ढिलाइ हुँदा प्रदेश र स्थानीय सरकारले परीक्षणको दायरा बढाउन लागेका हुन् ।

रोल्पामा ‘कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालन

रोल्पामा ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित भेटिन थालेपछि अस्थायी आइसोलेसन केन्द्रमा सेवा सुरु गरिएको हो ।

उदयपुरमा संक्रमित संख्या ४० पुग्यो, ३२ जना निको

उदयपुरमा बिहीबार थप ३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् । सदरमुकाम त्रियुगा जनता क्याम्पस मोतिगडा क्वारेन्टिनमा बसेका २ जना र कटारी नगरपालिका १ बेलसोतस्थित प्रदेश क्वारेन्टिनमा बसेमा १ मा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्