११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टोलवस्तीमै शिक्षक पठाएर पठन–पाठन गर्ने तयारी

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ का कारण अवरुद्ध शैक्षिक क्रियाकलापलाई सुचारु गराउने तयारी थालेको छ ।

संक्रमणको उच्च जोखिम रहेकै ठाउँका स्वास्थ्य संस्था बन्द

भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा कोभिड–१९ संक्रमण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीसहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि बन्द छन् ।

बैंगलोरमा बेखर्ची बने नेपाली विद्यार्थी

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि नेपालमा जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थी बेखर्ची बनेका छन्। कलेज बन्द हुँदा र काम नपाउँदा निम्तिएको आर्थिक संकटका कारण आफूहरू समस्यामा परेको उनीहरूले बताएका छन्।

निराशा र त्रासले मानसिक विचलन

मानिसहरु आफ्नो ज्यान आफैंले लिने हदसम्म पुग्न विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण जिम्मेवार हुन्छन्। सन् १८९७मा प्रकाशित आफ्नो पुस्तक ‘सुसाइड’ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तिगतभन्दापनि सामाजिक कारणले मानिसहरु आत्महत्याका लागि उद्यत् हुने उल्लेख गरेका छन्।

विश्वमा शनिबार संक्रमितको संख्या अहिलेसम्मकै उच्च : डब्लुएचओ

विश्वमा कोभिड–१९ संक्रमितको संख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर संक्रमितको संख्या २ लाख १२ हजार ३ सय २६ रहेको थियो ।

खोटाङमा एक जना कोरोना संक्रमित थपिए

खोटाङमा कोरोना भाइरस (कोभिड–१९)का एक जना संक्रमित थपिएका छन् । बहराईनबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय युवालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

पुनः सामान्य अवस्थामा फर्कनु हुन्न

कोभिड–१९ बाट दिगो र उत्थानशील पुनर्लाभलाई सहयोग गर्ने एउटा प्रमाणित अवधारणाको लाभ उठाउने समय यही हो।

कोभिड–१९ को औषधि बनाएको दावी गरिएको छैन : पतञ्जली

पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको मङ्गलबार जानकारी गराएको छ ।

आज तीन सय १२ काेराेना संक्रमित डिस्चार्ज

आज तीन सय १२ जना कोराेना संक्रमित डिस्चार्ज भएका छन् । महिला १९ र पुरुष २ सय ९३ गरी ३ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जनाएका छन् । याेसँगै डिस्चार्ज हुनेकाे संख्या २ हजार ६ सय ५० पुगेकाे छ ।

कोरोनाविरुद्ध घामको किरण उपयोगी

बेलायती तथा स्कटल्यान्डका सरकारी अधिकारीले कोभिडका बिरामीलाई अस्पतालमा घामको प्रकाश उपलब्ध गराउनुपर्ने सिफारिस गर्न प्रमाणहरूको समीक्षा गरिरहेका छन्। घामको किरणले कोभिड–१९ संक्रमणको दोस्रो लहरलाई समेत रोक्ने अपेक्षा गरिएको छ।

ड्राइभिङ स्कुल संघको ६ बुदें ज्ञापनपत्र पेश

कोभिड–१९ले सबै क्षेत्र प्रताडित हुन पुगेको छ। सबै क्षेत्रका व्यवसायीहरुले राहतको लागि सरकारसँग आग्रह गर्दै आएका छन। पोखरास्थित गण्डकी ड्राइभिङ स्कुल संघले पनि विभिन्न ६ बुदें माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत ज्ञापनपत्र बुझाएका छन्।

नयाँ गाडी र भवन नलिने उपसभामुख तामाङ चर्चामा

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले नयाँ गाडी, नयाँ निवास(स्वकीय सचिवालय)भवनको विनियोजित वजेट फिर्ता गर्ने जनमुखी निर्णय लिएसँगै चर्चामा छिन् । कोरोना भाइरस(कोभिड–१९)का रोकथाम र संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर सुविधा नलिने घोषणा गरेपछि सामाजिक संजालमा उनको धेरैले तारिफ गरिरहेका छन् ।

आइसोलेसन केन्द्रमा सहयोग जुट्दै

भखैरै सरुवा भएर ईलाका प्रशासन कार्यालय सिमरा गएका रोल्पा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’ संचालनका लागि ब्यक्तिगत रुपमा १० हजार रुपैयाँ पठाएका छन् ।

दाङमा एक जनप्रतिनिधि सहित १३ जनामा कोरोना संक्रमण

घोराहीमा एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार घोराही स्थित राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणका क्रममा घोराही उपमहानगरपालिका २ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका मेयर नरुलाल चौधरीले जानकारी दिए । उनको अवस्था भने सामान्य छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्