आइपुग्यो आठ लाख डाेज खोप, ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकता
कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप नेपाल आइपुगेको छ। चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो। बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो।