१२ आश्विन २०८१ शनिबार
image/svg+xml

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।

राजनीतिक संक्रमणको समयमा वन अतिक्रमण तीव्र

राजनीतिमा चरम उतारचढाव भएका बेला पश्चिम तराईको कैलाली र कञ्चनपुरका वनक्षेत्रमा अतिक्रमण तीव्र हुने गरेको छ । २०६२/६३ को जनआन्दोलनका बेला राजनीतिक सरगर्मीले उचाइ लिइरहेको थियो । तर कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा अतिक्रमण बढ्यो । सो क्षेत्रमा तीव्र रुपमा संस्थागत तथा निजी रुपमा सडककिनारमा रहेको वन क्षेत्रमा अतिक्रमण बढ्यो ।

कोरोना घटेकै हो त ?

नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।

कोरोना संक्रमणदर ४.७ प्रतिशत

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण दर ४.७ प्रतिशत देखिएको छ । २४ घण्टामा ३ हजार २ सय २१ वटा नमुना परीक्षण गरिएकामा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जमघट र प्रदर्शनले दोस्रो लहरको संक्रमण जोखिम

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण जोखिम बढेको विज्ञ तथा चिकित्सकले औंल्याएका छन्। यसअघि नै युरोप तथा भारतका केही ठूला सहरमा दोस्रो लहरको संक्रमण देखा परिसकेको छ।

विकासदेखि विपद्का नाममा अनियमितता

सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार ! दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार ! सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण हो यो। यस गाउँपालिकामा विकासको बजेटदेखि विपद्को बजेटमा व्यापक अनियमितता भएको पाइएको छ।

‘लक्षण छैन भने कोरोना संक्रमण पुष्टि भएको १० दिनपछि जँचाइरहनु पर्दैन, काममा फर्किए हुन्छ’

सरकारले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई १० दिनपछि लक्षण नदेखिए पुनः परीक्षण नगरीकनै दैनिक काममा फर्किन आग्रह गरेको छ।

राष्ट्रियसभाका एक जना सांसदसहित ६ जनामा कोरोना संक्रमण

राष्ट्रियसभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। आजदेखि सुरु हुन लागेको राष्ट्रियसभाको हिउँदे अधिवेशनअघि कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जनाएको छ।

शिक्षक विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द

महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्।

संक्रमणकालीन न्याय टुंग्याउने ‘रटान’ मात्रै

‘सधैंभरि झुठको खेती भइरहेको छ। हुन्छ हुन्छ भन्ने तर, केही पनि हुन सकेको छैन। सरकारको कुनै ठोस खाका पनि छैन। सधैं एउटै कुरा दोहोराउने, पीडितलाई गलाउने, थकाउने काम भैरहेको छ। हामी कसरी कुरा पत्याउने ?’

के घटेकै हो कोरोना संक्रमितको संख्या ?

भारतमा कोरोना संक्रमण घटेपछि नेपालमा पनि संक्रमण घटेको विज्ञहरुको विश्लेषण गरेका छन्। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणमा भारतको प्रभाव परेको र भारतमा घटेसँगै नेपालमा घट्दै गएको बताए।

‘ढोका त खोल्यौं तर भित्र पस्ने पाहुना छैनन्’

कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिनाअघि सञ्चालनमा आयो। सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साही पनि बने। त्यो उत्साह दसैं–तिहारसम्म कायम रह्यो। तर, ६१ कोठाको उक्त रिसोर्टमा अचेल १० प्रतिशत हाराहारीमा मात्र पाहुना छन्।

थप १ हजार २४ जनालाई कोरोना संक्रमण, १० को मृत्यु

हाल देशभर कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ रहेको छ। कोरोना मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्