लैंगिक र यौनिक अल्पसंख्यकमा एचआइभी र यौनरोग बढी
नेपालगन्जका ५० वर्षीय सनक चौधरी (परिचय परिवर्तन) लैंगिक तथा यौनिक अल्पसंख्यक हुन्। उनी पाँच वर्षअघिसम्म रिक्सा चलाएर जीविका चलाउँथे। पाँच वर्षअघि उनमा एचआइभी र एड्स संक्रमण पुष्टि भयोे। पाँच वर्षदेखि उनी यसको औषधि सेवन गरिरहेका छन्।