१५ मंसिर २०८१ शनिबार
image/svg+xml

कोरोनाको बढ्दो महामारीमा हाम्रो दायित्व

यो संक्रमण अत्यन्त खतरनाक र घातक सावित भइसकेको छ र यसको व्यवस्थापनको जिम्मेवारी राज्य कुनै पक्ष वा विपक्षमा मात्र सीमित छैन । यसमा राज्यसंयन्त्र जसमा कर्मचारी सुरक्षाकर्मी स्वास्थ्य र लगायत सम्पूर्ण कर्मचारीहरूको पर्छन् । त्यसैले त्यसैगरी विभिन्न राजनीतिक दल, तिनका भातृ संगठन र कार्यकर्ता तथा सत्यता नागरिक समाज र गाउँगाउँ र टोल टोल सो विषयहरू पनि निमित्त उत्तिकै जिम्मेवारी भएर काम गर्नु जरुरी छ ।

टुक्रिएको प्रेम

बिहेको पर्सिपल्ट बिहान सबेरै गाँउभरि हल्लीखल्ली भयो। शिलु घरमा छैनन् रे। बिहान ओछयानमा हेर्दा भेटिइनन् रे। यस्तै आवाजहरू गावैभरि गुन्जिरहेका थिए। एक्कासि आङ सररर फुलेर आयो। शिलु एउटी साहसी र असल चरित्र भएकी केटी हुन् –अहँ यो हुन सक्दैन।

न आशावादी रहनु न निराशावादी

घरमा,साथीभाइसँग र नातागोतासँग राम्रो सम्पर्क राख्नुपर्यो। कोरोनाले सामाजिक दूरी राख भनेको तर भावनात्मक दूरी राख त भनेको छैन। त्यसैले सबै नातागोता, साथीभाइ र इष्टमित्रसँग सम्पर्कमा रहनु होला। सम्पर्क गर्दा सके जति भिडियो कलमा जोडिन ाबअष्ब िभहउचभककष्यलक देख्न सकिन्छ जसले गर्दा हामी प्रत्यक्ष भेटेजस्तै हुन्छ। मानसिक तनाव, एक्लोपन, मनको अतुस कम हुने सम्भावना धेरै हुन्छ।शारीरिक स्वस्थसँगै मानसिक स्वस्थ पनि स्वस्थ्य हुन अति आवश्यक छ।

सत्ताको आँखा हुँदैन

सत्ताको आँखा हुंदैन ? या आँखा बन्द छ नागरिकको घाउ देख्दैन सत्ता कान सुन्दैन या नसुनेझैं गर्छ अस्पतालको शैय्यामा बिरामीहरू जीवन मागेको चित्कार सुन्दैन या सत्ताको मन ढुंगाले बनेको हुन्छ ?

जनताको आँखा बाट, आँसु बरर

कति घिनलाग्दो रहेछ, देखियो त्यो मुहार, आफ्नै घर भत्काउन, छिमेकीसँग गुहार ? उजाडेर गाउँमा, जनताका घर,तिमी चैँ गाडीमा,हुँइकिने शहर? जनताको आँखा बाट,आँसु बरर, वाइरोडको बाटोमा, हावा सरर!

एक्ले सारौँले साथी भेट्टायो

उडेर अलिपर जाओस् भन्ने मेरो चाहना हुन्छ । तर, सारौँ त ३ मिटर परको बत्तीको पोलमा गएर बस्छ र पुनः यसै गरी कराउन थाल्छ। उसको जोडी अहिलेसम्म देखेको छैन । ऊ जतिबेला आउँछ एक्लै हुन्छ। सायद उसको जोडीलाई कसैले मारिदिएको हुनुपर्छ । ऊ मलाई भन्दो हो मेरो जोडी हरायो, के तिमीले खोजिदिन सक्छौ ? विचरा बोल्न नसक्नु र आफ्नो कुरा भन्न नसक्नु जस्तो दुःख अरू के होला र ? म यो कुरा सोचेर कहिलेकाहीँ उसलाई गाली गरेकोमा पश्चाताप गर्छु।

सपनाको देश

आफैभित्रको कस्तुरी चिन्न नसक्दा फगत सपना देख्छ मेरो मन फुक्र्याउँछ मलाई सपनाको देशले भौतिक सुविधाका पहाडहरू देखाएर हीरामोती पोतेर मनभरि मेरो आँसुको समुन्द्र सुकाउन खोज्छ !

बीउ एउटै उब्जाउ हुने माटो फरक छ

बीउ एउटै उब्जाउ हुने माटो फरक छ, चोट उही मनभित्रको खाटो फरक छ। कर्म रैछ घोटिनुपर्ने रात–दिन एकै, तर पनि चुलोमा पाक्ने आटो फरक छ। दोष उही कानून त्यही हुन्न न्याय उस्तै,किन यहाँ सजाय दिने भाटो फरक छ।

बनमारा फुलेपछि

हेर छोरा! अहिले पिपल हुर्कंदै छ। वरिपरि बनमारा फैलिएको छ। झट्ट हेर्दा पिपललाई छोपेजस्तो देखे पनि यी बनमाराका बोटहरू दुःखका बारहरू पनि हुन्। जसले हावाहुरीबाट कुनै बेला बचाएका छन्। हेर! बनमारा फुलेपछि उसको जीवनचक्र ओरालो लाग्छ। यो बनमारा फुल्ने समय हो। अर्को कुरा पिपल र बनमाराको हाइट कहिल्यै मिल्दैन। अब केही महिनामा पिपल हलक्क बढेर ठूलो भएपछि बनमाराहरू आफै पिल्सिएर मर्नेछन्। जो मृत्युको यात्रामा छन् तिनलाई मार्न जरुरी छैन। केही महिनामै पिपलले आकाश छुनेछ। तर, उहीँ पिपलको सेपले बनमाराको अस्तित्व यही भुइँमै विलय हुनेछ।

लौरो

पत्रकारहरूले किन कसरी भनेर खुब प्रश्न तेर्साए।आयोजक अनुमतिमा मोहनलाले जवाफमा भने –पासाङ उद्देश्य बोकेको यात्री हो जसले यात्रामा कतै आफ्नो लौरो छुटाउँदैन। म पनि मात्र लौरो उसको! यहाँ नत्र कति जंघार तर्छन् र लौरो बिर्सन्छन् त्यो प्रवृत्ति छ।

मायाको घाउ दिलमा लगाई नुनचुक छर्दछन्

मायाको घाउ दिलमा लगाई नुनचुक छर्दछन्, सँगसँगै मर्ने बाँच्ने कसम खानेले घात गर्दछन्। अरूको कुरा सुनेर आफ्नैसँग पौंठेजोरी खेल्ने, शंकाले लंका जलाए जस्तै ठुलो भ्रममा पर्दछन्।

धैर्य गुमाएकै कारण तपाई हार्नुभएको हो

धैर्य गुमाएकै कारण तपाई हार्नुभएको हो, मीठोको रहरमा थालमा औँसा पार्नुभएको हो। कुण्ठित मन बोकेर कतै पनि पुगिन्न हो हजुर, रोक्नुपर्ने महामारी आफैंभित्र सार्नुभएको हो।

समय सापेक्ष

विदुर कर्ममा विश्वास गर्छ । महाभारतको विदुरजस्तै सत्य बोल्छ। मेहनतको कमाइमा विश्वास गर्छ। रूखोसुखो खान्कीमा रमाउँछ। यो युगमा चिया पनि पिउँदैन –अरू कुरा कल्पनाभन्दा बाहिर। तर श्याम .... श्याम कलियुगको आचरण गर्छ । सोही अनुसारको धर्म निर्वाह गर्छ।

साम्यवादी कोरोना व्यापार

पुँजीवादको सगरमाथा उक्लिदै थियो थेग्नै नसक्ने भरयाङ लगाउदै जताततै नांगो नाच नाच्दै थियो। कहिले नाकाबन्दीसँग उफ्रियो पुँजीवाद कहिले आर्थिक, बौद्धिक नाकाबन्दीसँग कहिले शस्त्रास्त्र बन्दीसँगै गर्जियो पुँजीवाद कहिले सर्वसत्तावादसँग उसको अहंताले विश्व आक्रान्त हुँदै थियो समाजवादलाई ‘को खाई – को खाई’ भन्दै हाम्म आफै पार्दै थियो पुँजीवाद।

खबरहरू

हरेक प्रहर पलपलमा आँधी तुफान बोकेर सुनामी लिएर आउँछ खबरहरू ! आँसुको भेलहरूमा हेलिँदै कोलाहलमय भएर चीत्कार र पीडाहरूको पोको बोकेर वेदनाको हुरी बनेर आँखाको डिलमा ठोकिन आउँछ हरेक प्रहर खबरहरू !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्