१५ मंसिर २०८१ शनिबार
image/svg+xml

चुरोट

ला अब बित्यास पार्ने भयो । प्रहरीले धूमपान निषेधित क्षेत्रमा चुरोट पिउँदै हिँडे। अब के गर्ने हुन यी मामाले ! प्रमोद कुद्न थाल्यो। प्रहरी पनि कुद्दै आएर पछाडिबाट प्रमोदको ज्याकेटमा समाते।

करौंतीको धार

राजाराम माझीले गुनासो पोख्दै भने–हामीले पिएचडी गरे पनि जागिरे मात्र बन्यौं । जीवन ठिकठिकै चलेको छ। राजनीति गर्नेहरूले कमाउने पेसा बनाए। एकाध वर्षमा खरबौं कमाइरहेका छन्।

जंगे भाले र काग

ऊ रुखबाट उड्दैउड्दै गाउँमा पुग्यो । उसले सबैतिर हेरयो । उसले देख्यो गोठमा बसेका सबै गाईवस्तुहरूले मजाले घाँसहरू चपाइरहेका थिए। आँगनमा भाले कुखुराहरू र आमा कुखुरीहरू आआफ्ना चल्लाहरूसँग खेलिरहेका थिए । त्यो दृश्य कागलाई असाध्यै रमाइलो लाग्यो।उसले मनमनै सोच्यो–“गाउँ भनेको गाउँ नै हो । यहाँका मानिसहरू मेहनती र सरल मनका हुन्छन् । गाउँको पिपलको रुखमा बसेर काका गर्न मलाई पनि असाध्यै मन पर्छ ।”

टिकटक मेकर

निकै दिनपछि उसको कोठामा चेकजाँच गर्दा एउटा सानो खेस्रामा लेखेको रहेछ –टिकटकको नाममा उच्छृ्रङ्खल नबनौं। संवेदनशील विषयलाई मजाकमा कसैले पनि नलिऊँ। मेरो त्यस्तै बानीले गर्दा आज म कोरोना संक्रमणबाट विक्षिप्त बन्दा कसैको साथ पाउन सकिनं। म पक्कै पनि फर्किन सक्दिनं। मेरो गल्तीलाई क्षमा दिनु होला। बाँचिहालें भने साथीहरूको सुझावलाई शिरोपर गर्नेछु।

कविताको पश्चिम भ्रमण

“यो नाचलाई सखिया नाच भनिन्छ। यो थारु जातिको मौलिक संस्कृति झल्किने नाच हो । दुईटा समूहमा महिलाहरू नाच्ने र गाउने गरिहेका हुन्छन् भने एक जना पुरुषले मादल बजाउने गर्छन् । यो नाच पर्व विशेषमा नाचिने भए पनि यस्तो मेलामा पनि देखाइने गरिन्छ ।” काकाले नाचको विशेषता बताउँदै भन्नुभयो।

बाँझो बारी

अब उनकी श्रीमतीले पहिलेजस्तो काम गर्न सकिनन् । दुई जना लालाबाला पनि शहरकै सरकारी स्कुलमा ठेल्दिए। उनले एक निजी स्कुलमा स्कुलको भ्यान चलाउन थाले। परिवार जेनतेन शहरको वातावरणमा हुर्कदै थियो।

लोककथा

विष्णु भगवान् त मजाले सुँगुर भएर आहालमा नुहाइरहेको देखी त्यहाँबाट अलिपरको चौतारीमा गई आराम गरेछ । यतिबेला भइसक्यो तर पनि दशा आएन ।

कोरोनाले विन्दास हुन पाइएन

मैंले ममी भेट्न पाइन । बाबा पनि भेट्न पाइन । बाबालाई पनि रुघा लाग्यो । बाबालाई धन्न नेगेटिभ रैछ । बाबासँग आरामले भेट्न पाइयो । बाबालाई पनि एक हप्तै भेट्न पाइन। मेरो कोठामा सुत्न पनि पाइन । क्या टेन्सन भको छ । म भन्न पो भन्दिन त । भित्रभित्र त कति कुरा सोच्छु । कति टेन्सन भको छ।

त्रास

मान्छे मर्दा कति धेरै सहानुभूति प्राप्त हुन्थे । साथसहयोगका भावनाहरू उर्लिन्थे । रातबिहान केही भन्दैन थिए। खै आज न कसैको सहानुभूति देखिन्छ न साथसहयोग । मान्छेको मृत्यु पनि कति सस्तो हुँदै गएछ ! कुकुर बिरालोको मृत्युजस्तै लाग्न थाल्यो उसलाई । टाउकोमा हात राखेर एक्लै बिलौनामा धेरै आँसु बगायो । गरिबीले आक्रान्त बनाएको सहाराविहीन एक्लो जिन्दगी व्यर्थ लाग्न थाल्छ उसलाई।

प्रशान्तको किनारमा उभिएर

अँ म आखाँमा उहीँ मेरो माटोका शिल्पी घले बाहरूको कथा सुनाइरहेको थिएँ तिमीलाई प्रशान्त ! ती सेतु निर्माण गरिरहेका अविनाशको कथा, गजलबारमा गुनगुनाइरहेका रवि प्राञ्जलहरूको कथा अनि असंख्य बगैंचामा फुल्नै लागिरहेका अर्किड र लिलीहरूको कथा।

प्यारो किताब

उसले श्रीमतीको दबाबमा किताबको दराजलाई हेलापूर्वक बाहिर निकाल्यो । केही दिन बरन्डामा नै छोड्यो । बरन्डामा राख्दा पनि उसकी श्रीमती र छोराको चित्त बुझेन । श्रीमती र छोराले भने, ‘यहाँ पनि भएन । फोहोर देखियो । वाहियात किताबहरू किन राख्ने ?’

यहाँ के हुन्छ कति खेर बुझ्न सकिंदैन

आउँछ टप्प टिप्छ लैजान्छ सबैलाई, कति खेर के गर्छ भनेर बुझ्न सकिंदैन। बालक पनि मर्छ वृद्ध पनि मर्छ अचम्म, कुन छिटो हो कुन अबेर बुझ्न सकिंदैन। विधाताले लेखे जस्तै गरी बाँच्नुपर्ने, आफ्नो काल पनि चाहेर बुझ्न सकिंदैन!

हावाबिनाको शहर

सबै सकियो बाबू, मेरो तपस्या, त्याग, संघर्ष, अनि तेरो भविष्यको सपना । आखिर एकै ठाउँमा आएर चिहान हुनुपरयो । वृद्धले ज्यादै कमजोर बोलीमा भने । हामी त मरेर त्यो पापी संसार छोड्यौँ बा, तर आमा कुन यातनामा छटपटाइरहेकी होलिन्, बिचरी ! गाउँदेखि कति हैरानी खपेर, अनेक आशा बोकेर, कति मुस्किलले हारगुहार गर्दै अस्पतालमा पुरयाइन् हामीलाई ।

कालो भूत

जब भूतको शरीरमा आगो लाग्यो तब पीडाले कराउदै मरें बाबा मरें अब म कहिल्यै पनि मान्छेको छेउमा आउँदिन र उसको नकल पनि गर्दिनँ भन्दै भाग्यो। त्यो बेलादेखि आजसम्म त्यो कालो भूत फेरि गाउँमा देखिएको छैन।

सबै भ्रम हुन् वास्तविक गन्तव्य घाट नै हो

हुने त्यही हो देवीदेवतासँग जे मागे पनि, पुग्ने त मृत्युको मुखमा हो जति भागे पनि। सबै भ्रम हुन् वास्तविक गन्तव्य घाट नै हो, उद्देश्य जे लिएर जति भँगाला नागे पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्