coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

श्रीमतीको हत्या गरी घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ

सात महिनाअघि धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलकी ४५ वर्षीया रेखा देवी ठाकुरको हत्या गरेर फरार भएका उनका श्रीमान् र जेठाजुलाई शनिवार प्रहरीले पक्राउ गरेको हो।

मेलमिलापको माध्यमबाटै विवादको छिनोफानो

मेलमिलापका माध्यबाट शुक्लाफाँटा नगरपालिकाको न्याायिक समितिले २३ वटा विवादको छिनोफानो गरेको छ।

नेपालगञ्जमा हनुमान जयन्ती सुरु

नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ।

पर्यटन प्रवर्द्धन गर्न तीस होमस्टे सञ्चालनमा ल्याइँदै

पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस होमस्टे सञ्चालन गरिने भएको छ।

धारापानी आगलागी : शनिबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धारापानीमा शनिबार दिउँसोदेखि लागेको आगो नियन्त्रणमा सकस भएको छ।

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न झलारीमा कभर्डहल

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ।

पशुमा रोगको जोखिम बढ्ने भएपछि आजदेखि खोप अभियान

पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो।

ग्लोबल बैंकको नयाँ एक्स्टेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका ६ को तुलसीपुर मालपोत कार्यालयमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालन गरेको छ।

तीन दिनयता अवरुद्ध टिफर सहमतिपछि सञ्चालन

विगत तीन दिनयता अवरुद्ध मारुती सिमेन्ट उद्योगका टिफर शुक्रबारदेखि सुचारु भएको छ। कटारी नगरपालिका ४ गबुवाका स्थानीयबासीसँग उद्योगको सहमतिपछि शुक्रबारदेखि टिफर सुचारु भएको हो।

खुट्टी खोलामा निर्माण गरिंदै छ सुविधासम्पन्न घाट

सिरहाको लहान नगरपालिका-४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ।

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर नगरपालिका ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ। शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन्।

काठमाडौँ महानगरले तोकेको २ सय २२ रुपैयाँ राप्रपाले नतिर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महानगरले पत्र मार्फत तिर्नका लागि ताकेता गरेको क्षतिको रकम नतिर्ने भएको छ।

मोटरसाइकलले ठोक्कर दिँदा धनुषामा एकजनाको मृत्यु

बिहीवार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल दुर्घटनामा परी स्थानीय ६५ वर्षीय रामरतन मण्डलको मृत्यु भएको हो।

भित्र्याउने बेलाको गहुँ खेतमै खरानी बन्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्