७ वैशाख २०८१ शुक्रबार

युरो कप २०२०ः पोल्यान्डको सम्भावना कायमै

रोबर्टो लेवान्डोवस्कीले जारी युरो कपमा पहिलो गोल गरेसँगै पछि परेको पोल्यान्डले आइतबार बलियो प्रतिद्वन्द्वी स्पेनसँग अंक खोस्दा युरो कप २०२० मा अघिल्लो चरण प्रवेश गर्ने सम्भावनालाई कायमै राखेको छ।

एरिक्सन अस्पतालबाट डिस्चार्ज

युरो कपको आफ्नो पहिलो खेलमा हृदयाघात भई अस्पताल भर्ना भएका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन ६ दिनपछि डिस्चार्ज भएका छन्।

इटालीबाट नयाँ खेलाडीलाई अवसर

सुरुआती दुई खेलमा जितयात्रालाई निरन्तरता दिएको इटाली यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ। स्विट्जरल्यान्डविरुद्धको जित इटालीको लगतार दशाैं जित थियो। त्यसैले रोबेर्टो मान्चिनीको टोली शतप्रतिशत नतिजाका साथ समूह ‘ए’ को विजेता बन्ने लक्ष्यमा छ। ६ अंक जोडेको इटाली शीर्ष स्थानमा छ।

स्कटल्यान्डसँग अंक बाँड्न बाध्य

युरो कप फुटबलअन्तर्गत शुक्रबार स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इङ्ल्यान्डले एक खेलअगावै नकआउट चरणमा स्थान बनाउने मौका गुमाएको छ।

विश्वविजेतासँग अंक खोस्यो हंगेरीले

एन्टोनी ग्रिजम्यानले पछि परेको अवस्थामा बराबरी गोल फर्काएपछि शनिबार युरो कपमा विश्वविजेता फ्रान्स हंगेरीसँगको हारबाट जोगिएको छ भने हंगेरीले अंक खोसेर समूहतालिकामा खाता खोलेको छ।

युरो कप २०२०ः एरिक्सनलाई सफलता सुम्पने चाहना

मिडफिल्डर क्रिस्टियन एरिक्सन हृदयाघातका कारण मैदानमा ढलेको घटनाले छायामा परेको पहिलो खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको डेनमार्कले बिहीबार घरेलु मैदानमा बेल्जियमको सामना गर्दै छ। डेनमार्क अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका एरिक्सनलाई युरो कपको सफलता सुम्पन चाहन्छ।

युरो कप २०२०ः फ्रान्स र पोर्चुगललाई सफलता

विश्वविजेता फ्रान्सले चिर परिचित प्रतिद्वन्द्वी जर्मनीविरुद्ध १–० को जित निकाल्दा युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता भएका क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा मंगलबार पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गर्दै युरो कप २०२० मा विजयी सुरुआत गरेको छ।

युरो कप २०२०ः फिनल्यान्ड रसियासँग स्तब्ध

पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक बन्दा रसियाले फिनल्यान्डलाई हराउँदै युरो कप २०२० मा पहिलो जित निकालेको छ।

युरो कप २०२०ः उपाधिरक्षाको लक्ष्य

साबिकको विजेता पोर्चुगल युरो कपको उपाधि रक्षा गर्ने दोस्रो टोली बन्ने लक्ष्यमा छ। फर्नान्डो सान्तोसको टोलीले मंगलबार समूह ‘एफ’ मा हंगेरीविरुद्धको खेलसँगै आफ्नो उपाधिरक्षाको यात्रा सुरुआत गर्नेछ। सन् २००८ को विजेता स्पेन सन् २०१२ मा युरो कपको उपाधि रक्षा गर्ने पहिलो टोली बनेको थियो।

युरो कप २०२०ः डेनमार्कका खेलाडीको गुनासो

डेनमार्कका गोलकिपर कास्पर स्माइकल र स्ट्राइकर मार्टिन ब्रेथवेटले मिडफिल्डर क्रिस्टियन एरिक्सनको उपचार जारी रहँदा आफूहरूलाई खेल्न बाध्य पारिएको र त्यसप्रति दुखी भएको बताएका छन्।

युरो कप २०२०ः नेदरल्यान्ड्सको सुखद सुरुआत

डिफेन्डर डेन्जेल डम्फ्रिजको निर्णायक गोल प्रेरणामा नेदरल्यान्ड्सले आइतबार राति युक्रेनमाथि ३–१ को रोमाञ्चक जित निकाल्दै युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।

युरो कप २०२०ः चेकको जितमा प्याट्रिक नायक

प्याट्रिक सिक चम्किएपछि चेक रिपब्लिकले युरो कप–२०२० मा सोमबार घरेलु टोली स्कटल्यान्डमाथि २–० को रोमाञ्चक जित निकालेको छ।

युरो कप २०२०ः स्कटल्यान्डको पुनरागमन

युरो कप २०२० मा सोमबार तीन खेल हुँदै छन्। समूह ‘डी’ मा स्कटल्यान्डले चेक रिपब्लिकको सामना गर्दा समूह ‘ई’ मा पोल्यान्ड र स्लोभाकिया तथा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।

युरो कप २०२०ः इटालीको सुखद सुरुआत

सीमित दर्शक उपस्थित भएको टर्कीविरुद्धको खेलमा शुक्रबार इटालीले ३–० को आकर्षक जित निकाल्दै एक वर्षपछि धकेलिएको युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।

युरो कप २०२०ः चारदेखि चौबीस टोली

कोभिड–१९ महामारीका कारण एक वर्ष पछि धकेलिएको युरो कप २०२० शनिबारबाट सुरु हुँदै छ। युरोपेली फुटबलको महाकुम्भ ६०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा युरोपेली फुटबल संघ (युइएफए) ले यस पटक विभिन्न ११ राष्ट्रका ११ सहरमा आयोजना गर्दैै छ। सन् १९६० बाट सुरु भएको युरो कपको यो १६औं संस्करण हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्