१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘उमिहोतारु’ नियात्रासंग्रह बजारमा

उमिहोतारु नियात्रासंग्रह बजारमा आएको छ। अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायतबासी साहित्यकार कृष्ण बजगाईंको यो चौंथो नियात्रासंग्रह हो। यसअघि बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा र दाइबुचु नियात्रासंग्रह आइसकेका छन्।

शहीद वीरबहादुर र उसकी आमा

अशुभ खबरले आमा छाती पिट्दै चिच्याइन्। शनैशनै निथ्रुक्क भिज्छ रोदनले सिंगो झुप्री टोल। छेउकै खोला रुँदै बग्छ, वीरे मरेको सुन्दा। रोयो वीरेले खेलेको माटो। मौन भए आकाशका ताराहरू पनि। ठ्याक्क रोकियो, अघिसम्म सरसराइरहेको बतास।

साँझमा

आफ्नै मुटुजस्तो तिमी सनाखत गर्न नपाउँदै हरायौ हृदयको उज्यालो बाली खोजेथे कतिखेर आखाको जून पनि निभिसकेछ। पीपलको हाँगामा सधैं बस्ने एक जोडी चखेवा छुटेपछि पो थाहा भयो! बिहान नहुँदै हाम्रा साझा सपना पनि छुटी हिंडेछ झोलामा गरूँङगो उदासीनता बोकी।

अहम्त्याइँ

‘दाजु, म पैसावाल छु। तर, पैसाले बँचाउन नसक्ने रोगले छटपटिंदै छु। माफ पाऊँ दाजु, म आजआफ्नै अहम्त्याइँले हरेक रोगको शिकार भई मृत्युसँग लड्दै छु।’

सत्या अधिकारीका पाँच लघुकथा

बाबू, जन्म दिने बाआमालाई सधैं आफ्नै घरमा बस्न दिनू है। दशैंको टीका थाप्न मात्र आमा लिन वृद्धाश्रममा जानू नपरोस्। सिउन नमिल्ने गरी मेरोझैं तिम्री आमाको मन नफाटोस् है!’

हिमेशको निर्णय

नेपाली जान्दैनन् भनेर सधैं हेप्ने गरेको साथी प्रथम भएको र आफूले भाग लिन नपाएको सम्झेर हिमेश पछुताउँदै अबदेखि समयमै विद्यालय आउने निर्णय गर्दै घरतिर लाग्छ।

कथ्यमा नयाँ आयाम ‘आदिबिम्ब’

‘आदिबिम्ब’ विशेष जातिको अनुसन्धान गर्दै लेखिएको कथा साहित्यको एक उत्कृष्ट नमुना हो। यस कथासंग्रहमा समावेश गरिएका सबै कथामा अनुसन्धान गरी साहित्यिक कृतित्व रच्ने जमर्को गरिएको छ।

‘समकालीन नेपाली निबन्ध’ मा सङ्गृहीत आत्मपरक अभिव्यञ्जना

हेर्ने देख्ने बाह्य अंग-अवयव त आँखा। वास्तविक वस्तुको मूलभूतस्वरूप अवलोकन गर्ने अन्तरदृष्टि। दिव्य दृष्टि भन्छौं त्यसलाई। दिव्यदृष्टिलाई अन्तरदृष्टि भन्छौं। अन्तरदृष्टि नखुली दिव्य दृष्टि बन्दैन। त्यसैले नै हो सर्जकका सृजनालाई युग युगान्तर सजीव बनाउँछ। कालजयी बनाउँछ।

अष्टचिरञ्जीवीको महत्व र महिमा

यस्तै अष्टचिरञ्जीवीलाई सम्झना गर्दा मनले चिताएको कार्य सफल हुने जनविश्वास छ। हाम्रो देशमा रहेका विभिन्न सत्तल, पाटी, पौवा, देवताका नामले स्थापना गरिएका देवघर र दरबारमा पनि अष्टचिरञ्जीवीको प्रतीक चिह्न अंकित गरी राखिएको छ।

आमाले साँचेका सिप र लोकगीतहरू

आमाको स्वास्थ्य स्थिति सामान्यतः ठिकै छ। उमेरजन्य कमजोरी हुनु स्वाभाविकै होला भन्ने लाग्छ। चिसो मौसममा कहिलेकाँही रुघाखोकी लाग्छ। भित्री रोग त्यति छैन। आमा अहिले ८९ वर्षमा हिँड्दै हुनुहुन्छ।

क्षणिक सामीप्य

यो समाजमा आर्थिक रूपले सम्पन्न भएर पनि मानिस किन खुसी हुन सक्दैन र विकृतिको चाङमा हाम फाल्न तयार हुन्छ? किन जीवनभर सँगै बाँच्ने र मर्दा पनि सँगै मर्ने कसम खाएकामध्ये कोही दुलहाबाट र कोही दुलहीबाट पीडित हुन्छन्?

बन्न बाँकी रहेको ‘मातृभूमि सजावट योजना’

अन्य देशको मरुभूमिमा कोही बटुवाले बाटो भुल्यो भने त्यहाँ ऊ भोकले भन्दा पहिले प्यासले मर्छ होला। हाम्रो देशको कुनै पनि अनकन्टार ठाउँमा कसैले बाटो बिरायो भने कैयौं दिनसम्म पनि ऊ भोकप्यासले मर्दैन। त्यहाँ कतै न कतै पानी त हुन्छ नै। पानीका साथै त्यहाँ जुनसुकै मौसममा पनि कुनै न कुनै फलफूल पाकिरहेका हुन्छन्।

जीवनको सात दशक: जीवन संघर्षको आलाप

संवेदनशील र प्रतिकूल समयमा पनि आफ्नो इमानदारी कायम गर्दै सरकारी सेवाको उच्चतम तह हुँदै संवैधानिक अंगको प्रमुखसम्मको जिम्मेवारी समालेका एक राष्ट्रसेवकको जिन्दगीको आलापहरू केलाउँदा हालको निजामती सेवाको दुर्दशाप्रति जो कोहीलाई आत्मग्लानि हुन्छ।

रीताको डायरी

रीतालाई आफ्ना हजुरबुबा र हजुरआमासँग बस्न नपाएकोमा धेरै नियाँस्रो लाग्दथ्यो। उनी आठ कक्षामा पढ्दै गर्दा हजुरबुबा र हजुरआमा बितिसक्नुभएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्